नेपाली पत्रकारिताको मियो
नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन हो– वैशाख २४ गते । विक्रम संवत् १९५८ वैशाख २४ गते ‘गोर्खापत्र’ प्रकाशित भएको थियो । गोरखापत्र त्यसयता निरन्तर प्रकाशित भइरहेको छ । भोलि गोरखापत्रले आफ्नो १२२औँ वार्षिकोत्सव मनाउँदै छ । गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर भोलि सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो । नेपाली पत्रकारिता जगत्को धरोहरका रूपमा रहेको गोरखापत्रले यस अवधिमा अनेकौँ आरोह–अवरोह पार गरेको छ । देशमा भएका सबैखाले परिवर्तनको जिउँँदोजाग्दो साक्षीका रूपमा गोरखापत्र सतीसाल जस्तो उभिएको छ ।
स्थानीय तहको प्राथमिकता
तरकारीको थोक बजारमा साढे चार सय रुपियाँ प्रतिकिलो बिकिरहेको कागती महँगो भयोभन्दा बिक्रेताको जबाफ यस्तो थियो, “अझैँ महँगो हुन्छ किनकि यो त मद्रासी कागती हो, अब केही दिनमा उताबाट आउन बन्द हुन्छ ।” त्यो मद्रासी कागती हेर्दै म विगतको आफ्नो गाउँ सम्झन्छु, जहाँ कागतीलगायत अमिलो जातका फल घरघरै लटरम्म फलेका हुन्थे । अहिले ती करेसाबारी र गराहरूमा तितेपाती र सिस्नो भरिएको छ । यति मात्र होइन, बजारमा खुसार्नीबारे सोध्दा जबाफ आउँछ, “बङ्गलादेशबाट आएको । लसुन चाइनाको, प्याजलगायतका हरियो तरकारी भारतको, धन्न आलुचाहिँ स्व
सूचनासम्बन्धी हकको प्रयोग
सामान्यतः सूचना कुनै पनि विषयको जानकारी हो । यो ज्ञानको स्रोत पनि हो । यस्तो सूचना सत्य र सही हुनुपर्छ । सूचना बेग्लाबेग्लै हुन्छन् । सही सूचनाबिना मानिसले आफ्नो अधिकार प्रयोग गर्न सक्दैनन् । सूचना सार्वजनिक, व्यक्तिगत र पेसा व्यवसायसँग सम्बन्धित हुन्छन् । सूचनाको हक आम नागरिकसँग हुन्छ । सूचनाको हकलाई नागरिकले अनिवार्य उपयोग गरे देशलाई भ्रष्टाचारबाट जोगाउन सकिन्छ । सरकारका हरेक निकाय पारदर्शी र स्वच्छ हुनेछन् । देशमा अमनचयन कायम हुनेछ । फलस्वरूप देशको विकास हुनेछ ।
बढ्दो व्यापार घाटा र उपभोगमा परिवर्तन
‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ उखान चरितार्थ भएको छ नेपालको निर्यात वृद्धि र आयात नियन्त्रणमा । भन्नलाई अब निर्यात बढाउनुपर्छ भनिन्छ, वास्तवमा व्यापार सन्तुलनका लागि निर्यात बढाउनु नै निर्विकल्प उपाय हो, केही बढेको पनि छ । यो रमिताको पक्ष भयो तर आयात नियन्त्रणका लागि प्रतीतपत्रमा कडाइ, भन्सारदर वृद्धि र विलासिताका वस्तु प्रवेशमा नियन्त्रण जस्ता कुरा गरिन्छ तैपनि आयातको मात्रा निरन्तर उकालो लागिरहेको छ ।
निर्वाचनले दिएको सकारात्मक सन्देश
बेलाबखत निर्वाचन आयोगका निर्णय राजनीतिक वृत्तमा विवादित नहुने होइनन् तर पनि निर्वाचन आयोगका पछिल्ला निर्णय, पहल र गतिविधिले भने सकारात्मक सन्देश दिएका छन् । निर्वाचन आयोग गतिशील र प्रभावकारी हुने–नहुने भन्ने कुरा कसले त्यसको नेतृत्व गरेको छ, उसको क्षमता, विज्ञता तथा निर्णय क्षमता कुन हैसियतको छ भन्ने कुराले पनि कहिलेकाहीँ निर्धारण गर्दो रहेछ । प
लोकतन्त्र रक्षामा नागरिक भूमिका
संसदीय लोकतन्त्र विश्वमै सर्वोत्कृष्ट व्यवस्था मानिएको छ । अन्य व्यवस्थाको तुलनामा यो व्यवस्था राम्रो मानिएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकाले यसमा जनभावना प्रतिविम्बित हुन्छ । जनता सार्वभौम हुन्छ । उसमा रहेको अन्र्तनिहित शक्तिको प्रयोग चुनिएका जनप्रतिनिधिले गर्छन् ।
वामपन्थ र साम्यवादबीचको पृथकता
वामपन्थ र साम्यवाद भिन्न भिन्न दुई सिद्धान्त हुन् । कतिपय सन्दर्भमा यी दुवैलाई समान अर्थमा लिने गरेको पाइन्छ । कम्युनिस्टलाई वामपन्थी र लोकतान्त्रिकलाई दक्षिणपन्थीका रूपमा लिइन्छ । आखिर के हो त वामपन्थी राजनीति ? यसको प्रयोग फ्रान्सको राज्य क्रान्तिको समयमा अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा भएको थियो । त्यस समयमा राजावादी र यथास्थितिवादी सोच राख्ने एक पक्ष, क्रान्तिकारी अथवा आमूल परिवर्तनको सोचका साथ अघि बढ्ने, अर्को पक्षसमेत गरी दुईवटा राजनीतिक शक्ति विद्यमान थिए
अविश्वासले जन्माएको विध्वंस
रुस र युक्रेनबीचको युद्ध रोकिएन, लम्बियो । युक्रेनी सेना र नागरिकले प्रतिवाद गरेकाले युद्ध जारी छ । युद्धमा रुस र युक्रेनका गरी ३० हजारभन्दा बढी सेना र सर्वसाधारणको मृत्यु भइसकेको अनुमान गरिएको छ । ६० लाख मानिस शरणार्थी बनेका छन् । एक करोड २० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।
मानव अधिकारमैत्री निर्वाचन
लोकतन्त्र र मानव अधिकार एक–अर्काका परिपूरक हुन् । जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मानव अधिकार हुन्छ र जहाँ मानव अधिकार हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ । न त लोकतन्त्रबिना मानव अधिकारको सार्थकता हुन्छ न त मानव अधिकारप्रति उदासीन भएर लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ । त्यसैले मानव अधिकारको सम्मान गर्नु नै लोकतन्त्रप्रतिको सम्मान र विश्वास हो ।