स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’
स्थानीय निर्वाचनको इतिहास वि.सं. २००४ बाट प्रारम्भ भएको पाइन्छ । प्रधानमन्त्री पद्मशमशेर राणाले उक्त निर्वाचन गराएका थिए । प्रजातन्त्र स्थापनापश्चात् २०१० सालमा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । तत्कालीन व्यवस्थाअनुसार स्थानीय निकायको २०१४ सालमा अर्को आवधिक निर्वाचन भयो ।
सामाजिक अपेक्षासँग जोडिएको भविष्य
समाज र राजनीतिबीच गहिरो सम्बन्ध हुन्छ । त्यसैले सामाजिक अपेक्षा र राजनीतिक भविष्य एक–अर्काका परिपूरक हुन् । समाजमा कस्तो अपेक्षा जन्मिन्छन्, त्यसमा विद्यमान राजनीतिक अवस्थाको ठूलो प्रभाव रहन्छ । त्यसैगरी राजनीतिक भविष्यको सुनिश्चिततामा सामाजिक अपेक्षाको भूमिकालाई पनि कम आकलन गर्न सकिन्न । समाजमा कस्ता अपेक्षा जन्मिन दिने, कस्ता अपेक्षा समाजका लागि हितकारी छन् तथा कस्ता अपेक्षालाई निरुत्साहित गर्ने चेत राजनीतिमा हुन आवश्यक हुन्छ ।
निर्वाचनमा राजनीतिक नैतिकता
चुनाव सार्वजनिक पदका लागि कुनै व्यक्तिलाई चयन गरेर मतदानद्वारा राजनीतिक प्रस्तावलाई स्वीकार या अस्वीकार गर्ने औपचारिक प्रक्रिया हो । यस्तो प्रक्रिया कहिलेदेखि सुरुवात भयो भन्ने आधिकारिक जबाफ नभए पनि प्राचीन रोमको एथेन्समा पोप र पवित्र रोमन सम्राट्को चयन प्रक्रियामा चुनाव गरिएको थियो तर समकालीन दुनियाँमा १७औँ शताब्दीको सुरुवातताका युरोप र उत्तर अमेरिकामा प्रतिनिधि सरकारद्वारा शासन व्यवस्था हुन थालेपछि चुनाव सुरुवात गर्ने गरिएको हो । नेपालमा २००४ सालमा राणा शासकहरूले वीरगञ्ज र काठमाडौँमा जनप्रतिनिधि चुन्न चुनाव सुरुवात गरेको देखिन्छ ।
मतदाताको परीक्षा
सङ्घीयतासहितको संविधान जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिका लागि दोस्रो पटकको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । यस पटक सबै स्थानीय तहमा एकै पटक निर्वाचन हुनेगरी निर्वाचन आयोगले कार्यक्रम अघि बढाइ पनि सकेको छ । गत वैशाख ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्था हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको उपस्थिति उत्साहजनक देखिएको छ । कतिपय ठाउँमा नयाँ अनुहार त कतिपय ठाउँमा पुरानै अनुहार विभिन्न पदका लागि आकाङ्क्षी बनेर देखापरेका छन् ।
स्थानीय तहको काम राम्रो
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । सङ्घीयता कार्यान्वयनको आधारभूमिका रूपमा स्थानीय तहलाई लिइएको छ । संविधानले तीन तहलाई नै सरकारको हैसियत दिएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ प्रकारका एकल अधिकार हुने उल्लेख छ । अनुसूची ९ मा १५ वटा साझा अधिकार छन् ।
पत्रकारिताभित्रको कम्पन
पत्रकारिताको बदलिँंदो आयाम अन्यत्र झैँ नेपालमा पनि आज चासोको विषय हो । यसलाई कसैले पूर्णतः प्राविधिक, तकनिकी दृष्टिकोणले हेरेको पाइन्छ त कसैले लेखन, आवाज, तस्बिर तथा डिजाइनको प्रस्तुति र प्रदर्शनको कोणबाट विश्लेषण गरेको देखिन्छ ।
आधुनिक नेपालको तस्बिर :गोरखापत्र
गोरखापत्र संस्थानका महाप्रबन्धक मित्रलाल ऐरीले वैशाख २२ गते फोनमा भन्नुभयो–वैशाख २४ गते पत्रिकाको वार्षिकोत्सव हो । भोलि भित्रमा एउटा लेख पठाई दिनसक्नु हुन्छ । ऐरीजीलाई हुन्छ भने तर समय कम छ, के विषयमा लेख्ने ? अलमल भइरह्यो । सोच्दै गर्दा झट्ट सन् २०१९ मा सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाका साथ अमेरिका जाँदाको घटना स्मरणमा आयो । युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कले (युसी वर्कले) र फाउन्डेसनको बीचमा नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा अध्ययन, अनुसन्धान र अभिलेख गर्ने सहमति भएबमोजिम विश्वविद्यालयकै निमन्त्रणमा हामी त्यहाँ पुगेका थियौँ ।
सुविधाजनक वा आरामदायक पत्रकारिता
गएको पुस १४ गतेका नेपाली मिडिया हेर्ने हो भने चन्द्रागिरि डाँडामा मात्रै हिउँ प¥यो । नेपाली मिडियाको रिपोर्टिङलाई आधार मान्ने हो भने हिउँ परेको देख्ने चन्द्रागिरि हिल्सका अधिकारीहरू मात्रै थिए । अघिल्लो रातिदेखि परेको हिउँका बारेको समाचार भोलिपल्टका काठमाडौँकेन्द्रित माध्यम र त्यसपछिको कपिपेस्टकारिताअन्तर्गत देशैभरका माध्यमको समाचार स्रोत एउटै देखियो ।
पत्रकारिताको पाठशाला
नेपाली भाषामा नेपालबाटै प्रकाशित भएको पहिलो साहित्यिक पत्रिका सुधा सागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहास यतिखेर एघार दशक नाघिसकेको छ । वि.सं. १९५५ को साउनमा प्रकाशित यो पत्रिकाको तीन वर्षपछि अर्थात् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको हो । गोरखापत्रले नेपालमा अखबारी पत्रकारिताको सुरुवात गराएर मुलुकमा पत्रकारिताको जगको ढुङ्गो बसालेको हो । त्यो जगबाट सुरु भएको इतिहासले आज बाह्र दशक पार गरेको छ । गोरखापत्रले आफ्नो उमेर १२० वर्ष पूरा गरिरहँदा नेपालमा पत्रकारिताको इतिहासले पनि यही उमेर पछ्याएको छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई एक समृद्ध एवं सम्पन्न मान्नुपर्छ किनभने दक्षिण एसियाकै इतिहासलाई हेर्ने हो भने पनि यस क्षेत्रबाट प्रकाशित हुने सय वर्ष पुराना दसवटा दैनिक पत्रिकाभित्रै नेपालको गोरखापत्र पनि पर्छ । कुनै एउटा पत्रिका सय वर्षभन्दा बढी समयसम्म निरन्तर प्रकाशित हुनुलाई त्यस देशको पत्रकारिता अध्ययनको सम्पन्न पाठशालाका रूपमा नै लिन सकिन्छ । नेपाली पत्रकारिता क्षेत्रको यो एउटा सम्पन्न र सकारात्मक पाटो हो ।