जनकपुरधामका अतिक्रमित जग्गा कानुनी रुपमा खाली गराइने
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।
गाउँघरमा उत्पादित तोरी तेलप्रति उपभोक्ता आकर्षित
महोत्तरी बर्दिवासका अर्जुन खडकालाई तोरी तेल उत्पादन गर्न भ्याइनभ्याई छ । शुद्ध तोरीे तेलको माग बढेपछि उहाँलाई तेल उत्पादन गर्न भ्याइनभ्याई भएको हो ।
अतिक्रमण रोक्न तारजाली
धनुषाको मिथिला नगरपालिका–११, सिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारले घेराबेरा गर्न थालिएको छ । सवडिभिजन वन कार्यालय लालगढ धनुषाले वन अतिक्रमण रोकथाम गर्न वन क्षेत्रमा आरसीसी पोल तथा काँडे तारले घेराबेरा लगाउन थालेको हो ।
सर्लाहीको हरिवनमा छाडा कुकुरको आतङ्क
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ ।
अतिक्रमणबाट जोगाउन वन क्षेत्रमा तारजाली
धनुषास्थित मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारको घेरा लगाउन थालिएको छ ।
सावधानी नराख्दा सात जनाको मृत्यु
देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन ।
करेन्ट लागेर सातजनाको मृत्यु
बारा जिल्लामा बार महिनामा सात जनाको करेन्ट लागेर मृत्यु भएको छ । सामान्य जानकारी तथा सावधानी समेत नअपनाउदा अनाहकमा सात जनाले ज्यान गुमाउनुपरेको हो ।
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिनुभयो ।
‘विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर काम गर्नुहोस्’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले जनप्रतिनिधिलाई विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर कामकाज गर्न आग्रह गर्नु भएको छ।