ईनारमा शव फेला, हत्याको आशङ्का
सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो ।
गाई फार्ममा आगलागी हुँदा धनजनको क्षति
जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित गएराती विजय यादवको ओम पशुसेवा केन्द्रमा आगलागी हुँदा करिब साठी लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारामा १० जनाको डुबेर मृत्यु
बारा जिल्लामा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी एक वर्षमा १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो ।
मैथिली रङ्गमञ्चका सशक्त कलाकार अनितारानी
जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ – अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिकाबीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो ।
विद्युतीय उपकरण बिग्रिने जोखिम बढ्दो
छिनछिनमा झ्याप्प–झ्याप्प विद्युत् आउने, जाने क्रम बढेपछि विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको छ । विगत केही दिनदेखि छिनछिनमा विद्युत् आउने,जाने गरेका कारण समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि
मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ ।
पीडितलाई चाँडो न्याय दिउँ : कानूनमन्त्री शर्मा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।
कृषकलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण
धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो ।
सरकारी अस्पतालमा अनुगमन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा छजना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।