मधेशमा दल परिवर्तनको उपहार पराजय
मधेश प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनको लागि दल परिवर्तन गरेर उम्मेदवार बनेकामध्ये अधिकाँश पराजित भएका छन् ।
सस्तियो हरियो तरकारी : उपभोक्तालाई राहत
कलैया बजारमा अचेलको दिनदेखि हरियो तरकारी सस्तो भएको छ । हरियो तरकारी सस्तो भएपछि आलु, प्याज छोडेर दैनिक हरियो तरकारी खाने गरेको उपभोक्ताहरुले बताएका छन् ।
भ्रष्टाचार सहनै सक्दिनँ : नगरप्रमुख चौधरी
लाहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले भ्रष्टाचार सहनै नसक्ने बताउनु भएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो ।
सुत्केरीलाई भत्ता र निःशुल्क स्वास्थ्य बीमा गर्ने बर्दिवास नगरप्रमुखको निर्णय
बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गर्नुभएका प्रह्लाद क्षेत्रीले निवर्तमान प्रमुख चढ्ने सवारी साधन एम्बुलेन्सकाे रुपमा प्रयोग गर्ने , सुत्केरी भत्ता नगरको तर्फबाट दिइने विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने निर्णय गर्नुभएको छ ।
धनुषा र सिरहामा लोसपालाई निराशा
धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।
‘वालेन जितेर एक पटक गाउँ आऊ’
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आउ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’
मटिहानी नगरमा वारुणयन्त्र खरिद तथा कक्षा ११ का छात्रालाई साइकल दिने
महेशकुमार दास जलेश्वर, जेठ ११ गते । मटिहानी नगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नु भएका हरिप्रसाद मण्डलले पहिलो निर्णयमा वारुणयन्त्र खरिद गर्ने र कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गर्नुभएको छ । बुधबार दोस्रो कार्यकालको जिम्मेवारी लिँदै प्रमुख मण्डलले दुई वटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।ती दुई निर्णय मध्ये नगर क्षेत्र भित्र हुने आगलागिका घटना न्युनिकरण गर्न वारुण यन्त्र खरिद गर्ने र नगर क्षेत्र भित्रका कक्षा ११ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाई साइकल वितरण गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख मण्डलले बताउनुभएको छ । पहिलो कार्यकालको मूल्यांकन गरेर यहाँका मतदाताले दोस्रो पटक पनि प्रमुख पदमा मतदान गरेर विजयी गराएकाले नगरक्षेत्र भित्रको विकास नै दोस्रो कार्यकाल पनि प्रमुख प्राथमिकता रहने उहाँले स्पष्ट पार्नुभयो । नगर प्रमुखको पदस्थापन पश्चात् बुधबार नै मटिहानी नगरपालिकाको नौ वटै वडाका अध्यक्षहरुलाई शथपग्रहण गराएर पदस्थापना गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।
भ्रष्टाचार रोक्न जनलोकपालको विकल्प छैन : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
सरकारी अस्पताल व्यवस्थित बनाउने प्रमुख काफ्लेको निर्णय
रौतहटको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सञ्जय काफ्लेले चन्द्रनिगाहपुरको अस्तव्यस्त सरकारी अस्पताल व्यवस्थित बनाउने पहिलो निर्णय गर्नुभएको छ ।