नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्येष्ठ र अपाङ्गता भएका पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनतालाई आशावादी बनाउने समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्री शर्माको आग्रह (भिडियो)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
गजुरीमा निःशुल्क शववाहन सेवा
धादिङको गजुरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको छ। गजुरी गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव, पोष्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहनको व्यवस्था गरेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो।
‘बेथानचोक : मिनी लक्जम्बर्ग’
लक्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फायोटले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र लक्जम्बर्ग उस्तै लागेको बताउनुभएको छ। शुक्रबार एक कार्यक्रमका लागि बेथानचोक आउनुभएका मन्त्री फायोटले बेथानचोकको आलु खेती, रुख बिरुवा र भौगोलिक स्वरूप देख्दा आफूलाई लक्जम्बर्गमै रहेको आभास भएको बताउनुभएको हो।
पहरो काट्न कात्तिकपछि मात्र विस्फोट
नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र विस्फोट गरिने भएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भन्नुभयो, “पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र विस्फोटको काम हुनेछ।”
७० प्रतिशत सकियो हुलाकी राजमार्गको निर्माण कार्य
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।
ज्यापु संस्कृति विकास कोषको भवन शिलान्यास
ज्यापु संस्कृति विकास कोषले काठमाडौं वडा नम्बर २४, हेंयपुननी, यट्खाटोलमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ।
सडक आश्रित मानव मुक्त नेपाल बनाउने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।
सात वर्षमा ३० बाघ मरे
विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।
बनेपामा चण्डेश्वरी जात्रा सुरु
काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडाैँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन्। जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ। हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरियो। धिमे, नायिखङ्ग, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्ना घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको संस्कृतिविद् गणेशराम लाछीले जानकारी दिनुभयो।
अढाई दशकपछि कालोपत्रे गर्न सुरु
दोलखाको सैलुङ गाउँपालिकामा रहेको मुडे–देउराली–बाघखोर सडक निर्माण सुरु भएको साढे दुई दशकपछि कालोपत्रे हुन थालेको छ। सडक ट्र्याक खोलेर गाडी चल्न थालेको २२ वर्षपछि यो सडक कालोपत्रे गर्न थालिएको हो।
बाघको आहारा प्रजातिको वन्यजन्तुको सङ्ख्या वृद्धि
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको सङ्ख्या वृद्धि भएको छ। मृग, जरायो, लगुना, चित्तल, बँदेललगायतका जनावर वृद्धि भएको हो। आहारा प्रजातिको अवस्था प्रतिवर्ग किलोमिटर ९९ दशमलव ७ प्रतिशत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। “एक वर्ग किलोमिटरमा एउटा प्रजाति भएको अवस्था छ। यो भनेको धेरै राम्रो सङ्ख्या हो। गत वर्ष ७९ प्रतिशत रहेको थियो भने अहिले वृद्धि भएको छ,” उहाँले भन्नुभयो।
प्रदेश खारेजको बहस जायज छैन : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताउनुभएको छ।
महासंघ प्रतिष्ठान शाखाले चार पत्रकारलाई पुरस्कृत गर्दै
नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाले ‘गोरखापत्र पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, ‘गोरखापत्र सक्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकमा कार्यरत दीपक श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ दि राइजिङ नेपालमा कार्यरत अन्जन खड्का र गोरखापत्रकी यलु जोशीलाई संयुक्त रूपमा प्रदान गरिनेभएको छ ।
दक्ष महिला स्वाथ्यकर्मीको व्यवस्थापन र परिचालन हुन सकेन
सरकारले मिडवाइफ (महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी)को उचित नीतिगत व्यवस्थापन एवम् परिचालन गर्न नसकेको देखिएको छ।
नारायणगढ–बुटवल सडक निर्माणको गति अपेक्षा गरिएभन्दा कम
सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन ।
२५६७ औं बुद्ध जयन्ती मनाइयो
पद्यवर्ण बुद्धविहार दोलखाको आयोजनामा विभिन्न कार्यक्रमसहित भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा त्रिदिवसीय २५६७ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।
सूचनाको हक लोकतन्त्रको प्राण हो: सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।
बनेपामा चण्डेश्वरी जात्रा सुरु
काभ्रेपलाञ्चोकको बनेपाका स्थानीयवासीहरुले हर्षोउल्लासकासाथ मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ ।
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनु पर्छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
मातृभाषा पत्रकारिताको व्यावसायिकतामा जोड
मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासीन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् ।
कार्यान्वयन हुँदैन सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय
सिन्धुपाल्चोकका स्थानीय तहले सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयनमा समस्या देखिएको छ। अघिल्लो स्थानीय सरकारका बेला नै पनि यस्तो निर्णय गरिए पनि कार्यान्वयन भएन। यस वर्षको शैक्षिक सत्रमा पनि लिसङ्खुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक विद्यालयको सुदृढीकरणका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल विष्टले जानकारी दिनुभयो।
समन्वय र सहकार्यमा समस्या
प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहयोगका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश समन्वय परिषद् निष्क्रियजस्तै छ। दुई वर्षदेखि बागमती प्रदेश समन्वय परिषद्को बैठक बसेको छैन। मुलुक सङ्घीयतामा गएपछि तीनै तहका सरकारबीच अधिकार बाँडफाँट, विकास निर्माण, कानुन निर्माणमा समन्वय एवं सहकार्य र उत्पन्न विवाद संवादबाट समाधान गर्न सहजीकरण गर्ने गरी यो परिषद्को कानुनी व्यवस्था गरिएको हो । हालसम्म बागमती प्रदेश समन्वय परिषद्को तीनवटा बैठक बसेको छ। २०७५ जेठ ७ र ८ गते पहिलो बैठक तथा २०७६ जेठ २९ र ३० गते दोस्रो बैठक बसेको थियो। २०७७ चैत १२ गते बसेको परिषद्को तेस्रो बैठकले बैठक सञ्चालन कार्यविधि, २०७७ पारित गरेको थियो। यो कार्यविधिअनुसार परिषद्को बैठक वर्षमा दुई पटक बस्नुपर्छ।