एमालेको बैठक आज बिहान १० बजे बस्दै
नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बिहान १० बजेबाट बस्ने भएको छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
कांग्रेसले नेता खाणमाथि अनुसन्धानपछि कारबाहीबारे निर्णय गर्ने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ ।
जनआन्दोलनका घाइते ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन
जनआन्दोलन २०६२-०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उहाँको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधबार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।
‘पत्रकारलाई पक्राउ गर्न पत्राचार गरेका छैनौं’
प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नगरेको स्पष्ट पारेको हो ।
मेलम्ची बाढीले क्षतिग्रस्त बस्ती संरक्षण गरिँदै
भेमाथाङ पहाड सोरिएर आएको मेलम्ची बाढीले क्षतिग्रस्त मेलम्ची नगरपालिका –११ का खण्डहर बस्तीहरू संरक्षणका लागि बागमती प्रदेशले काम अघि बढाएको छ ।
शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध
भुटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ ।
चलचित्र क्षेत्रलाई राज्यले सघाउनु पर्छ : नेता भीम रावल
नेकपा (एमाले) का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रूपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताउनुभयो ।
खानेपानीको श्रोतमै पाइँदैन पानी !
मेलम्चीको पानी काठमाडौं ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् ।
जसपा बैठक बस्दै : विधान अधिवेशनबारे छलफल हुने
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधवार बिहान ११ बजेदेखि बस्दै छ ।
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
चिटिक्क बन्यो अरनिको गाउँ
राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा ‘अरनिको गाउँ’ पुनर्निर्माण भएको छ । ‘
बजेटको तयारी गर्दै प्रदेश सरकार, बजेटको आकार घट्ने
आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको अवस्थामा बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा लागेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आव २०८०/८१ को बजेटका सीमासहित बजेट निर्माणका लागि आन्तरिक छलफल सुरु गरेको हो ।
रायमाझी अनुसन्धानलाई सघाउने एमालेको निर्णय
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने प्रकरणमा मुछिनुभएका पार्टी सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बसेको थियो ।
नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का
पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिनुभयो ।
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ।
प्रधानमन्त्रीद्वारा पिंगथली देवीटार सडक शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको पिंगथली रजवास भुमिचुली बुढाखानि देवीटार सडक सिलन्यास गर्नुभएको छ ।
उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कहीँ सुस्त, कहीँ सुरु नै भएन
चालु आर्थिक वर्षको १० महिना बित्नै लागेको छ तर रामेछापका स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिन सकेको छैन ।
राजधानीको विद्युत आपूर्ति सहज बनाउन पहल
नेपाल विद्युत् प्राधिकरणले आगामी सन् २०५० सम्मका लागि विद्युत् आपूर्ति पर्याप्त हुने गरी उच्च क्षमताका थप सब-स्टेसन निर्माण गरिरहेको जनाएको छ ।
रोकियो चिकित्सकको निर्वाह भत्ता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा पदाधिकारी नियुक्त हुन नसक्दा रेजिडेन्ट चिकित्सकहरूले तीन महिनादेखि निर्वाह भत्ता पाउन सकेका छैनन् ।
‘चीनसँग नेपालको कुनै विवाद छैन’
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटवार्तामा चीन–नेपालबीच ऐतिहासिक सम्बन्धबारे कुराकानी भएको थियो ।
रामेछापमा प्रधानमन्त्री रोजगार कार्यक्रम कहीँ सुस्त, कहीँ सुरु नै भएन
चालु आर्थिक वर्षको १० महिना बित्नै लागेको छ तर रामेछापका स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिन सकेको छैन ।
शिक्षाको गुणस्तर सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सब-स्टेसन निर्माण गरिरहेको छ ।