• १४ मंसिर २०८१, शुक्रबार

गजुरीमा निःशुल्क शववाहन सेवा

blog

धादिङ समाचारदाता

धादिङ, वैशाख २४ गते । धादिङको गजुरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको छ। गजुरी गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव, पोष्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहनको व्यवस्था गरेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो।

यो शववाहन सेवा गजुरी गाउँपालिकावासीका लागि निःशुल्क हुने र अन्यका लागि प्रचलित जिल्ला दररेटअनुसार शुल्क लाग्ने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो। गाउँपालिकाले डेढ वर्षअघि किनेको एउटा एम्बुलेन्सलाई अहिले शववाहनका रूपमा प्रयोग गर्न थालिएको हो। यो गाउँपालिकामा पर्याप्त एम्बुलेन्स रहेको बताइएको छ।