नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहन्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहेको बताउनुभएको छ ।
महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उहाँ कार्यालय पुग्नुहुन्छ बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
माओवादी केन्द्रकाे विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ ।
राप्रपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक आज बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन
निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए ।
सवारी दुर्घटनामा दुईको मृत्यु, छ जना घाइते
मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।
हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने
महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ। बजार क्षेत्रका घरजग्गा धनीलाई यसअघि नै मुआब्जा र क्षतिपूर्ति दिएको दाबी गर्ने सडक डिभिजन कार्यालयसँग घरजग्गा धनीलाई मुआब्जा र क्षतिपूर्ति दिएको निस्सा र अभिलेख नै छैन।
झन्डै सोह्र सय अस्थायी दरबन्दी स्वीकृत
बागमती प्रदेश सरकारले झन्डै एक हजार छ सय अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रदेशका लागि एक हजार ५९५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
बाह्रबिसे सबस्टेसन तत्काल बन्नै पर्छ : घिसिङ
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तीन महिनाभित्र सम्पन्न नभए मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन बाह्रबिसे सबस्टेसन बन्नैपर्ने भएको हो । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्य भोेटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।
बन्द खानेपानी आयोजना पुनः सञ्चालन गरिने
खानेपानी मन्त्रालयले मधेश प्रदेशलगायत मुलुकका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्या सम्बोधनका लागि यसअघिका अधुरा तथा विभिन्न कारणले बन्द भएका खानेपानी आयोजना पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आइतबार सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा अन्तरसम्बन्धसम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
घर भत्काउने गैरदलितलाई कारबाहीको माग
गैरदलितको बस्तीनजिक दलितले घर बनाएपछि उक्त घर भत्काइदिएको घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ ।
दुई कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय
बागमती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ र स्वास्थ्य सेवाअन्तर्गत दुई जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गरेको छ ।
गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राङ्गारिक खेती अभियानमा न्यौपाने
यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।
माओवादीले केन्द्रीय समिति बैठककाे तयारीबारे छलफल हुँदै
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।
अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।
कांग्रेस अझ बलियो भएको छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङका सडक बाढीले तहसनहस
शुक्रवार बेलुकादेखिको वर्षाले गर्दा आएको पहिरोका कारण बेनी जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङ क्षेत्रमा शनिवार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबार देखि अवरुद्ध भएको छ ।