माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण नगर्ने
नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ ।
बजेट निर्माणको संरचना र कार्यशैलीमा रूपान्तरण जरूरी : प्रधानमन्त्री
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
बैठकमा आजदेखि रराजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ ।
चितवनमा लम्पी स्किनविरुद्धको खोप अभियान
चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सुरु
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम रहेको छ ।
तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइने
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्रलाई प्रदेशभित्रको नमुना उदीयमान सहरका रूपमा विकास गरिने भएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहरका रूपमा विकास गर्न बजेट विनियोजन गरेको हो।
बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै
बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ। सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ ।
बजेट शून्य भएपछि उपचारमा समस्या
सरकारले सन् २०३० सम्ममा रेबिज तथा पिपिआर रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ । नेपालकै प्रयोगशालामा उत्पादन हुने खोपकै कारण सरकारले लिएको लक्ष्य पूरा गराउन यस क्षेत्रका जनशक्ति खटिइरहेका पनि छन् । सरकारले बजेटमै राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट पाँच करोड ६० लाख डोज खोप उत्पादन गर्ने निर्णय गरेको छ । तर प्रयोगशालामा बजेट शून्य भएपछि खोप उत्पादन रोकिने देखिएको छ । अहिलेको लम्पी स्किन सङ्क्रमण रोक्न विभिन्न खोजी तथा अन्वेषण गर्न प्रयोगशाला आवश्यक छ । तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा त्यस्ता प्रयोगशालाको बजेट शून्यमा झारेपछि सो क्षेत्रमा अन्योल देखिनुका साथै त्यस्ता कार्यालयमा अत्यावश्यकबाहेकका काम रोकिएका छन् ।
कोदो दिवस मनाइयो
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ ।
अनामनगरको दुर्घटना
अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै भएको दुर्घटना । सिंहदरबारबाट निस्कदै गरेको क्रेनले नयाँ बानेश्वर हुँदै रत्नपार्कतर्फ आइरहेको ट्याम्पोमा क्षति पुर्याएको छ । तस्बिरः न्युज एजेन्सी नेपाल
राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा
राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।
एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान
ललितपुर महानगरपालिकाले २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण
मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ ।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक मङ्गलबार अपराह्न ४ः३० बजेदेखि सुरु भएको हो ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नारायणगढ मुग्लिङ सडक-खण्डमा मङ्गलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्को एकजना घाइते भएका छन् ।
वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न भौतिक मन्त्रालय एक्लैले सक्दैन : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ ।
पूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रस्तावित राजदूतमाथि परेको उजुरीमा छलफल नगर्ने संसदीय समितिको निर्णय
संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ ।
राष्ट्रपतिसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
जनस्वास्थ्य प्रयोगशालाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय आवश्यक : निर्देशक डा. झा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताउनुभएको हो ।
फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने
नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।