प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मङ्गलबार दिउँसो १ बजेबाट बस्दैछ ।
विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ ।
मानव बेचबिखनको अवस्था: १८ वर्षमुनिका बालिका बढी पीडित
नेपालमा मानव बेचबिखन अपराधमा १८ वर्षमुनिका पीडित बालिकाको सङ्ख्या वर्षेनी बढ्दैगएको तथ्यांक छ । नेपाल प्रहरीको तथ्यांकअनुसार करिब दुई वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा १८ वर्षमुनिका पीडित बालबालिकाको संख्या एक सय ८७ रहेकोमा बालकको संख्या एक र बालिकाको संख्या ७९ छ ।
सदनको अवरोध खुलाउने विषयमा सभामुखद्वारा बैठक आव्हान
विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गर्नुभएको छ । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
पार्किङ शुल्क लिए ९८५१०५१६१० मा उजुरी गर्न सकिने
व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । गुनासो सुन्ने अधिकारीको रूपमा महानगरपालिकाले नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
पाँचवर्षे नीति बनाएर काम गर्न निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नीति बनाएर काम गर्न आग्रह गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक एवं आव २०७९/८० को वार्षिक समीक्षा गोष्ठीलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै पाँच वर्षको नीति तयार गरी कार्यक्रम बनाउन आग्रह गर्नुभएको हो।
स्थानीय तहले सुरु गरे लार्भा मार्ने अभियान
चितवन, मकवानपुरलगायतका क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण वृद्धि भएपछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गरिएको छ। चितवनको स्थानीय तहमा सचेतना कार्यक्रमसँगै ‘लार्भा नष्ट गर’ अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। “अहिले स्थानीय तहको बजेटले कार्यक्रम सञ्चालन भएको छ। डेङ्गुका लागि अहिलेको वातावरण सबभन्दा उपयुक्त छ। साउन, भदौदेखि असोजसम्म सङ्क्रमण वृद्धि हुने भएकाले पानी जम्ने स्थान सफा राख्नु पर्छ,” उहाँले भन्नुभयो।
आठ वर्षपछि तातोपानी नाका नागरिकका लागि खुला
आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका दुई महिनापछि खुला हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११ औँ बैठकमा नेपाल र चीन सरकारका प्रतिनिधिबिच उक्त निर्णय भएको जानकारी दिनुभयो । चीनले सेप्टेम्बरभित्र तातोपानी नाका मानिसका लागि समेत खुला गर्ने सहमति जनाएको छ । उक्त बैठकमा दुईतर्फी व्यापारसँगै नागरिकलाई आवतजावतका लागि समेत नाका खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै
सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति तयार गरिएको छ। उक्त राष्ट्रिय नीतिका आधारमा कानुन निर्माण गरी सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको अधिकार क्षेत्रमा राखेकाले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपायका लागि सरकारले कानुन निर्माण गर्न लागेको हो।
राप्रपा कार्यालय भवन २१ दिनभित्र हटाउने सहमति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा काठमाडौँ महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा उक्त सहमति भएको हो । काठमाडौँ महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको थियो । पूर्वसूचनाबिना एक्कासि कार्यालय खाली गर्ने महानगरको निर्णयपछि राप्रपाले महानगरसँग लिखितपत्र माग गरेको थियो ।
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने
निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा सम्पर्क अधिकारी नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तत्काल खबर गर्न बताउनुभयो ।
नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् ।
राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै दलको कर्तव्य : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताउनु भएको छ ।
उच्चस्तरीय छानबिन समिति बनेमा संसद् चल्छ : पूर्वमन्त्री बाँस्कोटा
नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने गरी गृहकार्य गर्न सरकारले मंगलबारसम्मको समय मागेको बताउनुभएको छ ।
नेदरल्याण्ड पठाइने भनेर ४४ लाख ५० हजार ठगी गर्ने पक्राउ
नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्य नीति लागू गराएरै छाड्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज (सोमबार) आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रुत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो ।
रासायनिक मल अभाव छैन : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिनुहुँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो ।
घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम
साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ ।
नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ ।