‘भूमिगत विद्युत् तारको समस्या समाधान गर्छु’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण पारि माडी नगरपालिकामा परेको समस्याका विषयमा निरीक्षण गर्न चितवन आउनुभएका मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
‘पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन’
सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताउनुभएको छ।
'एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घकालीन समाधान होइन'
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतीनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् ।
बागमती प्रदेशको शीतभण्डार भदौबाट सञ्चालनमा आउने
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।
नारायणगढ – मुग्लिन सडक अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
इच्छाकामनामा जग्गा नाप नक्साङ्कन कार्य सुरु
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुभारम्भ गरिएको हो ।
दक्षिण कोरियामा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको उद्घाटन
नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
कमलाखुँजमा अझै चरुवा प्रथा
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा ‘साहु–महाजन’का गाईगोरु चराउने चरुवा प्रथा अझै कायमै रहेको पाइएको छ । सरकारले बालीघरे, कमैया, हलियाजस्ता प्रथा अन्त्यको घोषणा गरेको वर्षौं भयो तर कमलाखुँज क्षेत्रमा अझै चरुवा प्रथा कायम रहनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । उनीहरूलाई वैकल्पिक पेसाको टुङ्गो लगाउन आग्रह गरिए पनि नमानेको नगरपालिकाले जनाएको छ ।
पचहत्तर लाखको अक्षय कोष स्थापना
दोलखाको भीमेश्वर नगरपालिका–२, ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ । दिगो र भरपर्दो नित्य पूजा, गुठी सञ्चालनलगायतका कामका लागि यो अक्षय कोष स्थापना गरिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सदरमुकामस्थित सेन्चुरी बैङ्कमा रहेको ५० लाख र कृषि विकास बैङ्कमा रहेको २५ लाख रुपियाँ अक्षय कोषमा राखिएको छ । बिस्तारै यसलाई वृद्धि गर्दै लाने ध्येय रहेको छ । अहिले पाई आएको ब्याज दर १०ः०३ भन्दा बढी दिने बैङ्क पाए यो कोष त्यसमा नै राख्ने समितिको निर्णय भएको छ ।
एकतीस करोड चालीस लाख बेरुजु
आर्थिक वर्ष २०७७/७८ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ३१ करोड रुपियाँभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा काभ्रेका १३ वटा स्थानीय तहमा ३१ करोड ४० लाख ७८ हजार रुपियाँ बेरुजु रहेको उल्लेख छ । प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा सबैभन्दा बढी रकम बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा महाभारत गाउँपालिकामा कुल बजेटको ४ दशमलव ६० प्रतिशत रकम बेरुजु रहेको थियो ।
जुरे पहिरोपीडितले आठ वर्षपछि रकम पाउँदै
२०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भएका छन् । पीडितलाई रकम वितरण गर्न मन्त्रिपरिषद्ले निर्णय गरेसँगै जुरे पहिरोपीडित हर्षित भएका छन्।
नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुक बन्ने छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने बताउनुभएको छ ।
नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित
यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो ।
‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा’
चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, नदी कटान र डुबानका प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा बताउनुहुन्छ । “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले पनि निःशुल्क अध्ययन गर्न पाउने अवस्था छैन । त्यसैले पहिलो काम माध्यमिक तहसम्म सबैलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना रहेको छ ।”
जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ । साउन ७ गतेदेखि ललितपुरको गोदबरीस्थित सनराइज सभाहलमा हुने महाधिवेशनको तयारी पूरा भएको जिफन्टले जनाएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट
राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा रहेका छन् ।
नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा
ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।
बाढीद्वारा मेलम्ची–हेलम्बु सडकमा क्षति, हेलिकप्टरबाट सुत्केरीकाे उद्धार
गएरातिको अविरल वर्षाका कारण मेलम्ची–हेलम्बु सडकको विभिन्न खण्ड बगाएको छ । हेलम्बु गापा–४ स्थित सडक बगाएका कारण बिहानैदेखि उक्त सडक अवरुद्ध भएको छ । त्यसकारण यातायातका साधन ठप्प छन् ।
बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिनुभयो । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताउनुभयो । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।
नेपाल–चीन सीमा सडक जीर्ण
उत्तरी सीमा जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–चीन सडक मर्मत–सम्भार अभावमा जीर्ण बन्दै गएको छ । माथिबाट भेलबाढीसहित आएको पहिरो र तलबाट भोटेकोसी नदीले कटान गरेपछि सडक जीर्ण बन्न पुगेको हो ।
दुई अस्पतालमा स्वास्थ्य बीमा बन्द
भरतपुरका दुई ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने उपचार बन्द गरेका छन् । स्वास्थ्य बीमाबाट सरकारले उपलब्ध गराउनुपर्ने रकम नदिएका कारण बीमा सेवा बन्द गर्नुपरेको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता
बनेपा, साउन ४ गते। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन्। पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो। बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस