मितेरी साइनोले बिगारेको प्रेमकथा ‘जार’
सुकृत नेपालकाठमाडौँ, जेठ ३ गते । अहिलेको युवापुस्ताले इतिहासका विषयमा खासै चासो दिएको पाइँदैन तर इतिहास बुझ्यो र जान्यो भने त्यसबाट धेरै ज्ञान पाइन्छ । दुई सय वर्ष पुरानो परिवेशलाई आधार बनाएर तयार गरिएको चलचित्र ‘जार’ ले मौलिक विषय उजागर गर्न खोजेको छ । त्यतिबेलाको समाज र जारप्रथाको इतिहास बुझ्न चलचित्रले सहयोग गर्ने देखिन्छ । भलै सबै कुरा मिल्दोजुल्दो नभए पनि ‘जार’ को सवालमा धेरै कुरा जान्न भने सकिन्छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित ‘जार’ फुर्वा छिरिङ लामाले निर्देशन गर्नुभएको चलचित्र हो । भारत सिक्किमको एउटा गाउँ जहाँ लाहुरे रुद्रमान (सौगात मल्ल) र गाउँकी ठुली (गीताञ्जली थापा) बिच मायाप्रेम बस्छ । दुवै प्रेमविवाह गर्नेसम्म पुग्छन् । यसै गरी ठुलीकी बहिनी र रुद्रमानकी बहिनीबिच पनि गहिरो मित्रता बसेको छ । दुवैको परिवारले उनीहरूको मित्रतालाई मितिनीमा परिणत गर्ने निर्णय गर्छन् । त्यसपछि ठुली र रुद्रमानको जीवनमा आउने अनेक उतारचढावको कथालाई चलचित्रमा देखाइएको छ । उनीहरूको विवाहदेखि लिएर ठुलीले रुद्रमानमाथि गरेको अविश्वासको कथावरपर नै चलचित्र रुमल्लिएको छ ।हाम्रो समाजमा बहिनीकी मितिनी पनि आफ्नी बहिनी हुन्छिन् भन्ने मान्यता छ । त्यसैले रुद्रमान र ठुलीको जीवनमा बाधा अड्चन आउनुको कारण मितेरी साइनो पनि हो । आफ्नी बहिनीले रुद्रमानकी बहिनीसँग मित लगाएको ठुलीलाई फिटिक्कै मन परेको छैन तर पनि घर र समाजका लागि उनी सबै कुरा सहेर बस्छिन् । अर्को गाउँमा प्रहरी जवान हर्षजित (अनुपविव्रmम शाही) बस्छन् र उनले पनि ठुलीलाई भित्रभित्रै मन पराएका हुन्छन् । परिवारको कारण भनौँ या ठुलीको राजीखुसीले, हर्षजित र ठुलीको विवाह हुन्छ । ठुलीले विवाह गरे पनि रुद्रमानले के यो कुरा सजिलै सहन सक्लान् त ? चलचित्रको कथाको ‘क्लाइमेक्स’ यही हो । चलचित्रको मूल कथा रुद्रमान, ठुली र हर्षजितवरपर घुमेको छ । रुद्रमान र हर्षजितको लडाइँ ठुलीकै कारणले हुन्छ र ठुलीले कसलाई साथ दिज्छिन् भन्ने कुराले दर्शकलाई हलमा केही घण्टा भए पनि बाँध्छ । चलचित्रको राम्रो पक्ष यसको गीतसङ्गीत र छायाङ्कन हो । झुमा लिम्बूले गाउनुभएको प्रायः गीत कर्णप्रिय र मन छुने खालका छन् । सिक्किमका मनमोहक दृश्यले दर्शकलाई लोभ्याउँछ । दुई सय वर्षअगाडिको समाजलाई निर्देशक लामाले दृश्यमा सुन्दर तरिकाले प्रस्तुत गर्न खोज्नुभएको छ । कुनै कुनै ठाउँमा केही गल्ती देखिए पनि दर्शकलाई दुई सय वर्षअगाडिको समाजमा लैजान निर्देशक लामा सफल हुनुभएको छ । नायिका गीताञ्जली थापाको अभिनयमा फरकपन देखिन्छ । अन्य चलचित्रमा भन्दा यसमा सौगात मल्लको चरित्र केही फरक छ । प्रायः एकैखाले बोली बोले जस्तो लाग्ने उहाँको संवादमा धेरै फरक पाइन्छ । लाहुरेको भूमिकामा उहाँ जम्नुभएको छ । अनुपविव्रmमको अभिनय पाटो खासै देखिँदैन तर चलचित्रमा ‘ट्विस्ट’ ल्याउने काम उहाँमार्फत हुन्छ । जार काट्नका लागि सात दिनको समय दिइएको हुन्छ तर हर्षजितले रुद्रमानलाई काट्न कति दिन जङ्गलमा लखेटे; त्यसलाई निर्देशकले प्रस्ट्याउन बिर्सेको देखिन्छ । जब रुद्रमान र हर्षजित आमनेसामने हुन्छन् तब हर्षजितले रुद्रमानलाई अब त काट्लान् भन्दाभन्दै चलचित्र सकिन्छ । चलचित्रको अन्त्य खासै प्रस्ट छैन । यसले दर्शकका मनमा अनेक कुरा उब्जन सक्छ ।
अब एक घण्टाभित्रै श्रम स्वीकृति
काठमाडौँ, जेठ ३ गते । वैदेशिक रोजगार विभागले अबको तीन÷चार दिनमा एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ । विभागले शुव्रmबार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ-१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन÷चार एक घण्टा गर्ने तयारी गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागुु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उहाँको भनाइ छ । महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकुल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिनुुभयो ।
‘लोडसेडिङ हुँदैन’ : विद्युत प्राधिकरण
काठमाडौँ, जेठ ३ गते ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताउनुभएको छ । उहाँले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ ।काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताउनुभयो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्नुभयो ।समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उहाँको भनाइ थियो ।प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “पश्चिमको लाइन ट्रिप भएका कारणले २ घण्टा विद्युत् प्रसारण अवरोध भएको हो । करिब ८ बजे मात्र ढल्केबर–मजफरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महìवपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।” उहाँले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको बताउनुभयो ।
पुँजीगत खर्च एक तिहाइ मात्र
काठमाडौँ, जेठ ३ गते । सरकारको विकास खर्चको गति अत्यन्त सुस्त रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा पुँजीगत खर्च लभभग एक तिहाइ मात्र खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालु आवका लागि पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएकामा वार्षिक विनियोजनको ३४.१६ प्रतिशत मात्र खर्च भएको छ । त्यो भनेको रु. एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च हो । चालु शीर्षकमा भने वार्षिक लक्ष्यको ६७.७९ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा रु. सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१.९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु. तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु. दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।यसरी चालु आवको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२.२४ प्रतिशत बराबर छ । यस वर्ष रु. १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुवाती १० महिनामा रु. ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको छ ।खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु. दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु. नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रु. दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु. १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४.५४ प्रतिशत बराबर हो । यस्तै चालु आवका लागि रु. ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३०.८ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु. १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।कर राजस्वतर्फ रु. १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकामा हालसम्म ६४.५५ प्रतिशत अर्थात् रु. आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै गैरकर राजस्वतर्फ रु. एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९.२ प्रतिशत अर्थात् रु. ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मेलम्चीको पानी बितरण विस्तार
काठमाडौँ, जेठ ३ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।उहाँले भन्नुुभयो, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।”वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ले जनाएको छ ।उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पु¥याउने खानेपानी मन्त्रालयले जनाएकोे छ । उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् ।
मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ । पोख
हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
सेवा र विकासका लागि युवा संस्थाले १३ जिल्लाका शैक्षिक सामग्री वितरण गर्ने
सेवा र विकासका लागि युवा संस्थाले विभिन्न १३ जिल्लाका दुई हजार पाँच सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
जीवी राईलाई नेपाल फर्काउन सहयोग गर्न आग्रह
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिका सभापति तथा सांसद सूर्य थापाले सहकारीका बचतकर्ताहरूको बचत अपचलन, दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राईलाई नेपाल फर्काउनमा सहयोग गर्न मलेसियाका सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
नौ करोडमा निर्मित भवन भएन हस्तान्तरण
रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासकीय भवन बने पनि दुई महिना बित्दा पनि हस्तान्तरण हुन सकेको छैन ।
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सगरमाथा संवादः उद्घाटन र खुला सत्र सम्पन्न
आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो ।
‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा वैश्विक साझेदारी आवश्यक’
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरूले बताएका छन् । शुक्रबारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योतिबिच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबिच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।
‘नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइन’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।
गर्मीबाट कसरी बच्ने ? अपनाउनुस् यी उपाय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरेको छ । देशभर गर्मी बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कुलिङ पिरियड दुई वर्ष : निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमासमेत रहिआएका छन् : वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ ।
‘हिमालबिना मानव सभ्यता सम्भव छैन’
हिमाल प्रकृतिको उपहार मात्र नभएर मानव सभ्यताको साक्षी पनि भएकाले प्राकृतिक हिमालबिना मानव सभ्यता सम्भव नभएको कुरामा विश्व समुदायको जोड रहेको छ ।
‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
तस्बिरमा सगरमाथा संवाद उद्घाटन समारोह
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।
छोरी र भतिजको हत्यापछि आत्महत्याको प्रयास
पश्चिम चितवनको किसान चोकमा शुक्रबार बिहान एक पुरुषले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् ।
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।