• ३ जेठ २०८२, शनिबार

दस्ताबेज

‘हिमालदेखि महासागरसम्म’ को सोच

blog

माननीय मन्त्रीज्यूहरू,

विशिष्ट अतिथिज्यूहरू,

महामहिमज्यूहरू,

प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द,

शुभप्रभात तथा नमस्ते !

सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरूलाई स्वागत गर्न पाउनु मेरानिम्ति गहिरो सम्मान र हार्दिक अवसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद पहलकदमी, गहन विचार विमर्शका लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताका लागि अवसर र हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीलाई सम्बोधन गर्ने साझा प्रयास हो । आज, ‘लोकल र ग्लोबल’ छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् ।

संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ । टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र बिथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ र फाँटहरू सुक्खा र बाँझो बन्न पुग्छन् । केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ । यही गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवादका लागि स्थान, आपसी ज्ञान साटासाट गर्न र सामूहिक कदम चाल्न, सगरमाथा संवादको जन्म भएको हो ।

हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौँ, सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर ! र आशा गर्छौं यो संवाद हाम्रो संवाद– त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा ।

महिला तथा सज्जनवृन्द,

आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ । चुनौती विशाल छन् र तीव्र रूपमा नजिकिँदै छन् । महामारीपछिको पुनस्र्थापना अझै नाजुक छ । जलवायु सङ्कट झन् तीव्र बन्दै छ । संसारका थुप्रै ठाउँमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ । वैश्विक शासन प्रणालीप्रति विश्वास व्रmमशः घट्दै गएको छ । असमानता देशभित्र र देशहरूका बिचमा गहिरिँदो छ ।

एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्योलको आँधीमा रुमलिएको छ र अझै यस्तो अन्योलका बिच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौँ ः संवादको शक्ति ।

महिला तथा सज्जनवृन्द,

नेपाल भूगोलको टुक्रा मात्रै होइन । यो पवित्र भूमि हो–जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ । यहीँ, चेतना जागृत भएको थियो । यो बुद्धको भूमि हो । यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो–जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो । यो त्यही भूमि हो–जहाँ सन्तहरूले ध्यान गरे । साधकहरूले सत्य फेला पारे । र जहाँ ऋषिहरूले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे । नेपाल सदा खोजकर्ताको थलो रहँदै आएको छ । विजेताहरूको होइन, चिन्तकहरूको, युद्धको होइन संवादको । हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने संस्कृतिमा अडेको छ । सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा । सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो । हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन । यस्तो ‘स्पेस’ जहाँ प्रज्ञा नतमस्तक हुन्छ, विनम्रताका साथ । जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्– श्रद्धाका साथ र जहाँ जवाफ खोजिन्छन् अहम्बाट होइन, सहअनुभूतिका साथ ।

संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ । टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र बिथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ र फाँटहरू सुक्खा र बाँझो बन्न पुग्छन् । केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ । यही गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवादका लागि स्थान, आपसी ज्ञान साटासाट गर्न र सामूहिक कदम चाल्न, सगरमाथा संवादको जन्म भएको हो ।

हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछ : ‘वादे वादे जायते तìवबोध :’ अर्थात् संवादबाटै सत्य । चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कस आवाजले ।

सत्य संवादले काम गर्छ । सुन्ने- गुन्ने क्षमताले– अन्तर्मनको वचनले । सगरमाथा संवाद यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो ।

हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ : ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।’ हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन,

यो त हाम्रो दैनिक यथार्थ हो तर केवल हाम्रो मात्र होइन,

विश्वकै साझा चिन्ताको विषय हो । के मानवता हाम्रा हिमालबिना जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन ‘संरक्षक’ हरूका संरक्षणबिना बचाउन सकिन्छ ? हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ ।

‘आर्कटिकदेखि एन्डिज’ सम्म, आल्प्सदेखि हिमालयसम्म तिनीहरू पृथ्वीका जल–भण्डार हुन् । तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् र तिनीहरू अहिले भयङ्कर सङ्कटमा छन् । तिनीहरूको नाजुकता– हाम्रो साझा असुरक्षित अवस्था हो । संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ सन्देश दिन्छौँ ः 

–हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो ।

–हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो ।

–हिमाल जोगाउनु भनेको स्वयम् मानवता जोगाउनु हो ।

यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक सङ्कल्प होस् ।

सुनिने एउटा सङ्कल्प, कार्यमा उत्रने, र हातेमालो गर्दै भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने सङ्कल्प । 

महिला तथा सज्जनवृन्द,

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठुलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ– हाम्रो पृथ्वी, हाम्रा जनता र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । ती गरिबहरू, ती अत्यन्त असुरक्षितहरू, ती हिमाली र कम विकसित राष्ट्रहरू । नेपाल पनि तीमध्ये एक हो । यो सङ्कट ल्याउनमा हाम्रो खासै भूमिका छैन तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौँ । हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात् आउँछन् तर अझै, हामी डटिरहेका छौं ।

हाम्रा उत्सर्जनहरू न्यून छन्—लगभग नगन्य तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महìवपूर्ण छन् । हाम्रा हिमालय पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् । हाम्रा जङ्गल, जसले हाम्रो आधा भूभाग ढाकेका छन्, कार्बन सोस्छन्, आशाको सास फेर्छन् । हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्, लाखौँको प्यास मेटाउछन् ।

हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन्, धरतीको समृद्ध जैविक विविधतालाई समाल्छन् ।

नेपालले सन् २०४५ सम्ममा खुद–शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ । विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले । हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौँ । हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दै छौँ । हामी दिगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दै छौँ तर हामी यी काम एक्लै गर्न सक्दैनौँ । कुनै देशले पनि एक्लै गर्न सक्दैन । जलवायु परिवर्तन एक वैश्विक आपत् हो । यसको समाधान पनि वैश्विक हुनु पर्छ । एक यस्तो उपाय न्यायमा आधारित ।

उत्तरदायित्वमा आधारित । ऐक्यबद्धताबाट उत्प्रेरित । जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नु पर्छ । जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनु पर्छ । उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नु पर्छ– वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिवृद्धिमार्फत ।

हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्रायःजसो उपेक्षित हुन्छन् तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनर्सिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् ।

जीवन विखण्डित हुन्छ । हिमालय–हाम्रो तेस्रो ध्रुव–विश्व औसतभन्दा छिटो तात्दै छ । हिमनदीहरू हराउँदै छन् । हिमतालहरू फैलिँदै छन् । तटीय क्षेत्रका करोडौँ मानिस–जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ ।

‘हिमालदेखि महासागरसम्म’ को सोच । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्– हामीले ध्यान दिनु पर्छ विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नु पर्छ । जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ । महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितलाई सुरक्षा दिनु पर्छ । आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔँ । पूर्वसूचना प्रणाली निर्माण गरौँ । डाटा साझेदारी गरौँ । सीमापार सहकार्य मजबुत पारौँ र सबैभन्दा महìवपूर्ण हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आबद्ध गरौँ । यसरी नै हो दिगो उत्थानशीलता बढाउने । यसरी नै हो पृथ्वीको सम्मान गर्ने र यसरी नै हो, हाम्रो साझा भविष्य जोगाउने ।

महिला तथा सज्जनवृन्द,

हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्, अलग रहने भनेर होइन,

अझै माथि उठ्न सकिन्छ भनेर हो । तिनीहरूले दृष्टिकोण दिन्छन् । तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन् । त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नु पर्छ सङ्कीर्ण स्वार्थहरूभन्दा माथि । साझा उच्च उद्देश्यतर्फ । आउनुहोस्, हामी हातेमालो गरौँ । साहस र संवेदनाका साथ अगाडि बढौँ । न्यायपूर्ण भविष्यका लागि । दिगो पृथ्वीका लागि । हामीलाई चाहिन्छ–नवीन सङ्कल्प । साहसी विचार । नयाँ लगानी र क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य । हरित, उत्थानशील र दिगो भविष्य–रोजाइ मात्र होइन । अघि बढ्ने एक मात्र बाटो हो ।

सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो । सुन्ने–गुन्ने, बोल्ने र बुझ्ने वैश्विक मञ्च । विश्वास निर्माण गर्ने एक साझा थलो ।

सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता र मानिसहरूबिचको समानता दूरको सपना होइन, जीवित यथार्थ बनोस् । आउनुहोस्, हामी आरोहण गरौँ, उत्थानशीलताको चुचुरोतिर न्यायको शिखरतिर र साझा आशामा निर्माण भएको भविष्यतिर । हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं । यस संवादभरि, तपाईंहरूका आवाजको तपाईंहरूको दृष्टिकोणको । नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस् यस सगरमाथाको भूमिमा । यस बुद्धको भूमिमा ।

धन्यवाद ! 

(शुक्रबार सगरमाथा संवादको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको उद्घाटन मन्तव्यको भावानुवाद । )