प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ ।
आरोहण प्रशिक्षण
तनहुँ, पुस २७ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । सङ्घले प्रथम तहको चट्टान आरोहण सिकाउन यहाँ प्रशिक्षण दिने गरेको छ । तस्बिरः रासस
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौँ, पुस २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।राष्ट्रपति पौडेलले शनिवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।
पाँचपोखरीलाई हुस्सुले अँगालो हालेपछि
झरीकै बिच निस्कने निर्णय गर्यौँ । सरसामानले भरिएका झोला भिर्यौँ ।
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित
नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।
भुवनेश्वरी मन्दिर
काठमाडौँ, पुस २७ गते । तारकेश्वर नगरपालिका ३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर । तस्बिरः रासस
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
भक्तपुर–नगरकोट सडक एघार वर्षसम्म बनेन
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सर
‘गोरखापत्रलगायतले मातृभाषाको संरक्षण गरेका छन्’
नेपालमा पठनपाठनको संस्कृति अन्य देशको तुलनामा कमजोर रहेको विज्ञहरूले बताएका छन् ।
राष्ट्रनिर्माताको योगदान अविस्मरणीय
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएको छ ।
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
सर्जकको अधिकार सुनिश्चित गर्न जोड
प्रतिलिपि अधिकारसम्बन्धी ऐन, २०५९ संशोधन हुँदा फोटो र चित्रकलाको प्रतिलिपि अधिकारको विषयमा पनि स्पष्ट लेखिनुपर्नेमा जोड दिइएको छ ।
विद्युतीय सवारी प्रयोगमा जोड
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्मचारी सङ्गठनको माग: जहाँ सरकार, त्यहाँ ट्रेड युनियन
निजामती सेवामा दलगत ट्रेड युनियन बन्देजको माग बढिरहेका बेला कर्मचारी सङ्गठनका प्रतिनिधिले भने दायरा विस्तारको प्रस्ताव गरेका छन् ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
विषादीयुक्त टाटेसिमी नष्ट
काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ ।
ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
पाँच महिनामा मूल्यवृद्धि उच्च
मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो ।
जेसिबीको ठक्करबाट बालिकाको मृत्यु
नागार्जुन नगरपालिका –६ ह्वाइट गुम्बानजिक बा २ क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।
‘पत्रकारितामा छिर्न सहज छ, टिक्न कठिन’
वरिष्ठ पत्रकार तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिता पेशामा छिर्न सहज भए पनि टिक्न निकै कठिन रहेको बताउनुभएको छ ।
नेपालमै कमाइ गर्ने वातावरणको सिर्जना गर्नुपर्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनु भएको छ ।
सिसीमा कला (फोटो फिचर)
प्रतिष्ठानको समसामयिक चित्रकला विभाग तथा शिल्प–हस्तकला विभागद्वारा आयोजित प्रदर्शनीमा विभूषण ताम्राकारद्वारा निर्माण गरिएको सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्र देख्न सकिन्छ ।