‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गरिने
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
नागढुङ्गा सुरुङमार्ग
काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग । सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ ।
विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल
नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ ।
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन् ।
‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व सङ्कटमा पर्नसक्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताउनुभएको छ ।
‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ ।
उपत्यकामा थारु राष्ट्रिय माघी महोत्सवको तयारी
काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८१ को तयारी गरिएको छ । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते दुई दिन माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ ।
४४ हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
एचपिभी खोप शतप्रतिशत प्रभावकारी
सरकारले १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप अभियानमा प्रदान गर्ने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी )खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुनसकेन । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे । सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर-नगरकोट-सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ ।
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।
मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार नलाग्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शहरभित्रका मुख्य सडक कालोपत्रको पर्खाइमा
तारकेश्वर नगरपालिकाको विभिन्नवस्तीलाई काठमाडौँ महानगरपालिकासँग जोड्ने मुख्य सडक ‘वाइपास–झोर साङ्ला’ सडक ‘घाम लाग्दा धुलो, पानी पर्दा हिलो’ हुन्छ ।
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
थाहा फिल्म फेस्टिभलमा २१ वटा चलचित्र प्रदर्शन हुने
मकवानपुरको थाहा नगरको वज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीनदिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।
सशस्त्र प्रहरीका चार नायब महानिरीक्षकको पदावधि एक वर्ष थप
सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रतिबन्धित औषधी बिक्री गरेको पाइए कारबाही गर्ने विभागको चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
टोखाको चाकु विदेश पठाउन स्वीकृति
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।