एमालेले गणतन्त्रको पक्षमा ११ गते अभियान चलाउने
नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्नेभएको छ ।
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’अभियान सुरु
ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेप्से निरन्तर ओरालोतिर
शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
‘कृत्रिम बौद्धिकतासँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताउनुभएको छ ।
बाढीपीडितलाई आवासको व्यवस्था गरिने
गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनुभएको छ ।
संविधान विपरीतका घटनामा सांसदद्वारा सरकारको ध्यानाकर्षण
सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
संविधानको परिधि र सरकारको निर्देशनमा रही सेनाले काम गरिरहेको छ : रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताउनुभएको छ । उहाँले सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी सेनाले चाहेको, मागेको र खोजेको नभई सरकारले खटाएको स्पष्ट पार्नुभयो ।
मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरको भीमफेदीस्थित कारागारका ६ कैदीबन्दी सहभागी भएका छन् । कारागारमा विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका उनीहरु आजदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएका कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिनुभयो ।
गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ ।
युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको विषय गम्भीर विषय भएकाले व्यवस्थापनका लागि सरकारले यथोचित प्रयास गरिरहेको बताउनुभएको छ ।
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस
नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गर्नुभएको छ ।
भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट
विदुर आचार्यचौतारा, चैत ७ गते । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो । प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिनुभयो ।बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका वडा नंम्वर २ का प्रवीण खत्री र डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
संसद बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुहुने जिज्ञासाको जवाफ दिनुहुने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको कार्यसूचीमा उल्लेख छ ।
एसइई शान्तिपूर्णरुपमा सञ्चालन : रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ
सपना थामी/काठमाडौं प्रतीक पौडेल/रुपन्देही काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताउनुभएको छ । उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “देशभर असाध्यै शान्त ढङ्गले परीक्षा सञ्चालन भयो । कहीँ पनि त्यस्तो समस्या भएन । खास गरी, मधेसमा पाँच, सात वटा अनुगमन टोली बनाएर असाध्यै मर्यादित रूपमा परीक्षा सञ्चालन भएको छ ।” उहाँले रुपन्देहीमा एक नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यसबाहेक कुनै पनि छुटफुट घटना नभएको तथा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीका सम्बन्ध समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको कुनै पनि भागमा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीसम्बन्धी समस्या भएन अहिलेसम्म । रुपन्देहीमा एउटा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसबाहेक छुटफुट घटना घटेको छैन ।”उहाँका अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयले प्रदेशमा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयले जिल्ला भरी जुन किसिमको अनुगमन समिति बनेको छ त्यही अनुसार निर्बाध रूपले अनुगमन टोली परिचालन हुने नीति रहेको छ । जापानका लागि एम्बेसीबाट अनुगमन हुने उहाँको भनाइ छ । उहाँका अनुसार पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी हुनुभएको छ । एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।रुपन्देहीमा भेटिए एकजना नक्कली परीक्षार्थीयसैबीच रुपन्देहीबाट गोरखापत्र समाचारदाता प्रतीक पौडेलका अनुसार, जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेका हुन् ।परीक्षा केन्द्रका प्रमुखरूप कुमार रायमाझीका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।रायमाझीले भन्नुभयो, तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको छ । रायमाझीले थप्नुभयो, “ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेछ उक्त विद्यार्थीको, त्यसमा नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि रद्द गरिएको छ” ।जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले पनि एक जना नक्कली परीक्षार्थी फेला परेको र अन्य स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताउनुभयो ।रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा खटिएको सुरक्षा निकायका प्रमुखहरूको टोलीले परीक्षा केन्द्रको अनुगमन गरिरहेको छ । घिमिरेका अनुसार परीक्षा शान्तिपूर्ण ढङ्गले चलिरहेको छ । रुपन्देही जिल्ला बाट २२ हजार ९ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८१ मा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ र ग्रेड वृद्धि ४ हजार ९ सय ३९ जना रहेका छन् । प्राविधिक तर्फ नियमित ४ सय ३ जना, ग्रेड वृद्धि १ सय १५ जना गरी २२ हजार ९ सय ७५ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय ८० विद्यार्थी बढी रहेका छन् ।१७६ वटा सामुदायिक विद्यालय र १७० संस्थागत गरी जम्मा ३ सय ४६ विद्यालयहरूका विद्यार्थीहरूको एसइई परीक्षामा सहभागिता रहेका छन् । जसमा सबै भन्दा धेरै परीक्षार्थीहरू रहेको परीक्षा केन्द्रः गीर्वाण संस्कृत तथा साधारण मावि मणिग्राम र शान्ति नमुना मा वि मा ६ सय ५८, सबै भन्दा सानो परीक्षा केन्द्रः नवरत्न मावि सेमलार बुटवल रहेको छ ।
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती
राष्ट्रिय परिचयपत्र बनाउनका लागि चौतारा सदरमुकाम पुग्नु पर्ने भएपछि सिन्धुपाल्चोकका गाउँ गाउँका ज्येष्ठ नागरिकहरूले सास्ती पाएका छन् । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकहरूले जिल्ला प्रशासन कार्यालय चौतारा पुगेर उक्त पत्र बनाउन सास्ती भोग्नु परेको छ ।
पर्यटकीय क्षेत्र चिनाउन भित्तेचित्र
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र चिनाउन रङ्गीन भित्तेचित्र कोरिएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–१० स्थित नेपाल ट्रस्टको पर्खालमा हेटौँडा उपमहानगरपालिकाले यहाँको पर्यटकीय क्षेत्र चिनाउन भित्तेचित्र कोरेको हो ।
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।