सामाजिक सद्भाव फैलाउन संस्कृति महत्वपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति समाजिक सद्भाव फैलाउन महत्वपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सक्षम
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न तथा जनतामा छाएको निराशा चिर्ने साझा उद्देश्यसाथ बनेको सरकारले निर्धारित लक्ष्य प्राप्तिमा अघि बढेको दाबी गरेको छ ।
पिएसबीलाई जनतामुखी बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण (पिएसबी) लाई जनताको पक्षमा काम गर्नेगरी स्वायत्त बनाइने बताउनुभएको छ ।
समयमै मुआब्जा नपाउँदा घरबारविहीन भएको गुनासो
महोत्तरीको बर्दिबास नगरपालिकाका पीडितहरुले रेल विभागले समयमै मुअब्जा नदिएर घरबारविहीन बनाएको आरोप लगाएका छन् ।
साना दलमा अध्यादेशको त्रास छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री शंकर पोखरेलले साना दलहरु अध्यादेशको त्रासमा रहेको बताउनुभएको छ । पार्टी बलियो नभएपछि त्यस्तो त्रास हुनेगरेको उहाँको बुझाइ छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिका–६ थुम्पाखर स्थित ८ किलोमा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
समाजवादी प्रेस सङ्गठन प्रेस चौतारीमा समाहित
नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहित संगठनका पदाधिकारी तथा सदस्यहरु नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालमा समाहित हुनुभएको छ ।
स्थानीय र प्रदेशले संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रदेश समन्वय परिषद्को दुई दिने बैठक हेटौँडामा सम्पन्न भएको छ ।
‘नेपाली प्राविधिज्ञ विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम छन्’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्नुहुँदै अध्यक्ष मगरले यस्तो बताउनुभएको हो ।
सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइनेछ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताउनुभएको छ । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच विवाद मिल्यो
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन शुक्रबार ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो ।
निर्माण व्यवसायीद्वारा भौतिकमन्त्री दाहाललाई ज्ञापनपत्र
नेपाल निर्माण व्यवसायी महासङ्घले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व नपाएको गुनासो गरेका छन् ।
‘एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध छैन’
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।
फलामखानी र मल कारखाना खुल्दैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताउनुभएको छ ।
‘संसदलाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिने’
संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बनाउँदै सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा भएको प्रमुख सचेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएकाे छ ।
तोकिएको समयावधिभित्रै पूरा गर्न सेनालाई राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ ।
ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
सरकारको ६ महिना : अर्थतन्त्र उकास्न सहयोगी ‘अध्यादेश’
संसद्का दुई ठुला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको समझदारीमा गठन भएको सरकारको अवधि यही पुसमा ६ महिना पूरा भइसकेको छ । यो अवधिमा सरकारका गतिविधिको विभिन्न कोणबाट समीक्षा भइरहेको छ ।
कृषि बजारमा विषादी मापन गर्ने उपकरण जडान
धरान उपहानगरपालिका १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ ।
नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !
काठमाडौँ, माघ ४ गते । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? आइरहेकाे छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्नुहुन्छ । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।”त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्यूरोको आधिकारिक वेबसाइट https://cyberbureau.nepalpolice.gov.np/ मा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ । रासस