गोरखापत्रकर्मी जोशीलाई मातृशोक
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक पुष्पराज जोशीलाई मातृशोक परेको छ ।
कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति
नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
बोटे समुदायको विकासमा राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
९८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा : मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ ।
कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबिच भेटवार्ता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता भएको छ ।
जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रारम्भ गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।
छ महिनामा चार मुख्य भन्सार कार्यालयको राजस्व सङ्कलन ७५ प्रतिशत
चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयले ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजस्व सङ्कलन गरेका हुन् ।
राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् ।
सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले लिए कार्यप्रगतिबारे जानकारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. एक हजार दुई सयले वृद्धि भई रु. एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेंलाे धातु रु. एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो
चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ ।
आजको मौसम : देशभर आंशिक बदली
पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
एक पालिका, एक आवासीय विद्यालय
‘एक पालिका एक आवासीय विद्यालय’ कार्यक्रम अन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयमा छात्रावास निर्माण हुने भएको छ ।
लाहाछेवरको विद्यालयमा दिवा आवास
रामेछापको दुर्गम हिमाली गाउँ लाहाछेवरका विद्यार्थीका लागि विद्यालयमा नै दिवा आवासको व्यवस्था गरिएको छ ।
भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी आवश्यक
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ ।
भूकम्प सुरक्षा सचेतना कार्यक्रम
सिन्धुली जिल्लामा २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यार्थीले फलाएको तरकारी दिवा खाजामा
सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् ।
विकासमा वातावरणीय जोखिम
सन् १९६० को दशकलाई औपचारिक तवरमा विश्वव्यापी वातावरणीय सचेतनाको दशकका रूपमा लिने गरिन्छ ।
साना बालबालिकाले हलमा प्रवेश नपाउने
क्युएफएक्स अन्तर्गत रहेका चलचित्र हलमा २.५ फिटभन्दामुनिका बालबालिकाले प्रवेश नपाउने भएका छन् ।