राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ। शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गर्नुभयो।
मेलम्ची–हेलम्बु सडक अवरुद्ध
बिहीबार राति आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सूचनाको हक स्थापित नभए नागरिक अधिकार अधुरा हुन्छन्: सञ्चारमन्त्री कार्की
नेपालमा सूचनाको हक कार्यान्वयन भएको शुक्रबार १६ वर्षमा प्रवेश गरेको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ लगायतका ऐन कानुन बनेपछि २०६५ सालमा राष्ट्रिय सूचना आयोग स्थापना भएपछि सूचनाको हक लागू भएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
चितवनमा शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार शुक्रबार बिहान रत्ननगर नगरपालिका ९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको टिकौलीको खगेरी खोला पुल नजिकै नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा रत्ननगर ९ गणेशचोक बस्ने बर्ष ७५ को खडकबहादुर रानामगरको मृत्यु भएको हो ।
खाद्य र दाना उद्योगको अनुगमन बजारभन्दा उद्योगमा समस्या
स्थानीय प्रशासनले हेटौँडा औद्योगिक क्षेत्रस्थित खाद्य तथा दाना उद्योगको अनुगमन गर्दा होटल र खाद्य पसलमा भन्दा बढी समस्या देखिएको छ। खाद्य पदार्थ उत्पादन गर्ने उद्योगले खाद्य अनुज्ञापत्र नवीकरण नगर्ने, उत्पादन स्थलमा सरसफाइ नगर्ने, म्याद गुज्रेका दाना बिक्री गर्नेलगायतका समस्या देखिएको हो।
तीनपाटनको अन्न भण्डार बर्सेनि मासिँदै
सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्न भण्डार तीनपाटन क्षेत्र चँदाहाखोलोका कटानबाट बर्सेनि मासिँदै गएको छ। चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका–१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र आधा दर्जन सरकारी कार्यालय असुरक्षित बनेका छन्।
चुहाहट नियन्त्रण र शुद्धीकरणमा जोड
हेटौँडा उपमहानगर क्षेत्रभित्र खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्दै आएको खानेपानीको शुद्धीकरणमा जोड दिने भएको छ । विगतमा खानेपानी वितरणलाई प्राथमिकता दिँदै आएकोमा चालू आर्थिक वर्ष २०७९/८० मा बोर्डले वितरण गर्ने खानेपानीको शुद्धीकरणलाई प्राथमिकतामा राख्ने नीति लिएको छ ।
वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयतामा वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिई शक्तिशाली बनाइएको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १ गते । रोटरी क्लव अफ यलले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखालाई डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ यलका अध्यक्ष गौतम श्रेष्ठले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका सभापति शैलेन्द्रलाल प्रधानलाई सो मेसिन हस्तान्तरण गर्र्नुभएको हो ।नेपाल अर्बुद रोग निवारण संस्थाले दुई दशकदेखि अर्बुद रोग सम्वन्धी उपचार गरी सेवा गर्दै आएकोमा अहिले यस रोगको उपचार थप प्रभावकारी बनाउन आधुनिक मेसिनको आवश्यकता भएकाले यो सहयोग प्रदन गरिएको हो । प्रधानले यस डिजिटल मेसिनको लागि आर्थिक सहयोग गर्न हुने रोटरियन सुरेन्द्र गोविन्द जोशीलाई विशेष धन्यवाद दिनुभयो । सोही कार्यक्रमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका दक्ष चिकित्सकसहित दक्ष प्राविधिकहरुको टोली उपलव्ध गराउने र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाको सिफारिसमा महिलाको स्तन क्यान्सरको शल्यक्रियालगायत अन्य उपचार निःशुल्क गराउन पनि सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुरका अध्यक्ष डा. सुदिप श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका प्रतिनिधिले आदानप्रदान गर्नुभयो ।सो निःशुल्क उपचारका लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुर, रोटरी क्लव अफ यल, नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखा, नेपाल क्यान्सर सपोर्ट ग्रुप र अन्य उपचारको लागि सहयोगी संस्थाहरुको सहयोग रहने छन् ।सो कार्यक्रममा डा. श्रेष्ठले क्यान्सरसम्बन्धी उपचार शहरमा मात्र होइन दुर्गम क्षेत्रमा समेत पुगी त्यहाँका जनतालाई समेत सेवा गर्नुपर्छ, भन्नुभयो । यसैगरी, रोटरी क्लब अफ ललितपुरका अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले क्यान्सर रोगसम्बन्धी उपचार गर्न नेपाल अर्बुद रोग निवारण संस्थालाई सक्दोसहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।