अघि बढ्यो विमानस्थल निर्माण प्रक्रिया
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा विमानस्थल निर्माणको तयारी भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँले उक्त स्थानमा सिन्धुली कमलामाई विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने भएसँगै स्थानीय उत्साहित भएका हुन् ।
बाँदर धपाउने काम पेचिलो
बाँदरबाट आतङ्कित बनेका दोलखाको भीमेश्वर नगरपालिका– ४ र ५ का किसानलाई निर्वाचनका बेला दिएको बाँदर धपाइदिने प्रतिबद्धता निर्वाचित भएपछि जनप्रतिनिधिलाई असहज बनेको छ । यी वडाका अधिकांश क्षेत्रमा स्था
बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज
बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९-०८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको हो ।
ओलम्पिक डे स्क्वास प्रतियोगिता ः अमृतको विजयी सुरुवात
ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजलै ११–१, ११–२, ११–३ ले हराएर विजयी सुरुआत गर्नुभएको छ ।
विकासमा युवा उद्यमीको सहकार्य आवश्यक : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले उर्जावान युवा उद्यमीसँग सहकार्य गरेर जाने बताउनुभयो ।
बागमती प्रदेशको बजेट भाषण (लाइभ)
हेटौंडा, असार १ गते । बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै बागमती प्रदेशका अर्थमन्त्री शालिग्राम जमरकट्टेल ।
घोप्टेभीरको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा
पृथ्वी राजमार्गमा झरेको पहिरो पन्छाएर अहिले राजमार्ग सञ्चालनमा आएको छ । बुधवार दिउँसो २ वजे चितवन ईच्छाकामना गाउँपालिका ४ घोप्टेभिरस्थित पृथ्वीराजमार्गमा पहिरो झरी बाटो दुईतर्फी अबरोध भएको थियो । सडक ३ वजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो ।
घोप्टेभीरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध
चितवनको इच्छाकामना–४ घोप्टेभीरमा बुधबार दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।