• ६ जेठ २०८१, आइतबार

घोप्टेभीरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

blog

मुग्लिन, असार १ गते । वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको  इच्छाकामना–४ घोप्टेभीरमा बुधबार दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।