ललितपुरमा जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु
ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । महानगरले बुधबार एक कार्यक्रमार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ ।
अस्पतालको सेवा प्रभावित
हेटौँडा अस्पताल व्यवस्थापनले पूर्वाधारको अभावमा स्थानीय बासिन्दाको अपेक्षा र आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्न नसकेको जनाएको छ ।हेटौँडा अस्पतालमा उपचारका लागि जाने बिरामीले समयमा गुणस्तरीय सेवा नपाएको, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि उपलब्ध नभएको र भिडियो एक्स–रेलगायतका सेवा समयमा उपलब्ध नभएको भन्दै जनगुनासो बढ्दै गएपछि अस्पताल व्यवस्थापनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वाधार अभावमा उपचार प्रभावित हुँदै आएको जनाएको हो ।
मालवाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन
पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न/गराउनसमेत आग्रह गरेको छ ।
भूकम्पपीडितले तेस्रो किस्ता अझै पाएनन्
भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् ।
बाल यौन दुरुपयोग कसुरमा दुई जना जेल चलान
काठमाडौं, असार ७ गते। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुई जनालाई जेल चलान गरेको छ। बाल यौन दुरुपयोग कसुरमा दुई जनालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको हो। कारागार चलान हुनेमा काभ्रेपलाञ्चोकको साविक सापिङ गाउँपालिका–४ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौंकै कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेल रहेका छन्।चाबहिलस्थित एउटा कलेजको कोर्ष को–अर्डिनेटर र शिक्षकले नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग छ। तीन जना नाबालिकाको तर्फबाट अभिभावकले प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए।उजुरीपछि प्रहरीले पीडितहरुको प्रसूति गृह अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो। उक्त घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर सूक्ष्म तवरले अनुसन्धान सुरु गरेको थियो।महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सो कार्यमा संलग्न फरार रहेकाले प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसूरमा मुद्दा चलेको र अनुसन्धान सकिएपछि आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो।
मिलेमतोमा चालक अनुमतिपत्र जारी गरेको आरोपमा यातायातका कर्मचारीविरुद्ध मुद्दा
गैरकानुनीरुपमा सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा फोटोकपी सञ्चालकसहित यातायात व्यवस्थाका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौं महानगर र ३३ संस्थाबीच निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्झौता (सूचीसहित)
काठमाडौं, असार ७ गते। काठमाडौं महानगरपालिकासँग हालसम्म विभिन्न ३३ संघसंस्थाबीच निःशुल्क सार्वजनिक शौचालय सञ्चालन सम्बन्धमा सम्झौता भएको छ। बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो। महानगरप्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट प्रतिनिधिले हस्ताक्षर गर्नुभयो। आगामी पाँच वर्षका लागि भएको उक्त सम्झौतामा यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा दोस्रो पक्षकै हुनेछ। यसबापत सेवा लिन करकाप वा प्रोत्साहन नगर्ने सम्झौतामा उल्लेख गरिएको छ। सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र भनेर सबै सार्वजनिक शौचालयको पहिचान एउटै हुनका लागि संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ। यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक/एक जना प्रतिनिधि तोकिने र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ। सम्झौता गरिएका संघ संस्था टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोलडेन्टल भिल्ला, वडा नं. १४, बल्खु देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत क) पिजा हट, वडा नं. १ दरबारमार्ग ख) केएफसी, वडा नं. १ दरबारमार्ग ग) केएफसी, वडा नं. ६ बौद्धडाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुरहोटल रत्नज्योती, पेरिसडाँडानेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुलखानेकुरा प्रा. लि., गौशालासांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटारबेबिलोन नेशनल स्कुल, शान्तिनगरओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटारनेपालय पब्लिकेसन, डिल्लीबजारबसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरागोमा लक्ष्मी इन्टरनेशनल, ठमेलघराना लञ्च एण्ड बार, बानेश्वरकामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड, सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादीनेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा लि, पुतलीसडक आरडीएक्स बार प्रा. लि. ठमेलनेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुलनेशनल विजनेस ट्रेड सेन्टर, कलंकीसांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटारबिन्का लङ्, छाउनीप्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध मिलाल्याण्ड डिभलपमेन्ट प्रा.लि., कलंकी क्रिम्पजी एडभान्चर हव, बौद्धबर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार अनुपम फुडल्याण्ड, बत्तीसपुतलीरिट्रिप क्याफे, बौद्धचिकेन स्टेशनस्तुपा हब, बौद्धनबिल बैंकसँग यसअघि नै सम्झौता भएको थियो। यस पश्चात् दुई सय ५० वटा शौचालय सञ्चालनमा आउनेछन्।
निरुका दुई कृति सार्वजनिक
काभ्रेपलाञ्चोकको पनौतीका स्रस्टा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ ।
नयाँ दल ‘‘राष्ट्रिय स्वतन्त्र पार्टी’’को घोषणा
काठमाडौं, असार ७ गते। पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ। मङ्गलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै रवि लामिछानेले आफ्नो नेतृत्वमा स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो। ‘‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ’’, लामिछानेले भन्नुभयो। लामिछानेले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्नुभएको हो। लामिछानेले देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने बताउनुभयो। ‘‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु’, लामिछानेले भन्नुभयो। यो राजनीति बाटो गाह्रो भए पनि असम्भव नभएको उहाँको भनाइ छ। लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताउनुभएको छ। उहाँले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने बताउनुभएको छ। पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुनेसमेत उहाँले प्रष्ट पार्नुभएको छ। स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको उहाँले बताउनुभएको छ। स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उहाँको भनाइ छ।लामिछानेले क्षमतावान स्वतन्त्रलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गर्नुभएको छ।