तारकेश्वर नपाको बजेट दुई अर्ब छ करोड : सम्पत्ति कर ६ ले प्रतिशत घट्ने
काठमाडौंको तारकेश्वर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब छ करोड ४६ लाख १४ हजार बराबरको बजेट प्रस्तुत भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।
सात स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट
सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटाले शुक्रबारसम्म आगामी आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् ।
ट्रक व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उदघाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनुभयो ।
भरतपुर महानगरको २३ करोड रुपियाँले बढ्यो बजेट
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि चालु आ.व.को भन्दा झण्डै २३ करोड रुपियाँ बढीको आयब्यय अनुमानित बजेट ल्याउने भएको हो ।
गणपूरक सङ्ख्या नपुग्दा नगरसभा स्थगित
विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको नगरसभा सुरू हुने समयमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपुरक संख्या नपुगेका कारण सभा स्थगित भएको बताउनुभयो ।
सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन
पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
‘मुख्य सडकको स्तरोन्नति गर्ने छौँ’
काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे ।
बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा
हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।