• १२ साउन २०८१, शनिबार

अफगानिस्तानमा बाढीले ५० जनाको मृत्यु

blog

फाइल तस्विर

काबुल, जेठ ५ गते । पश्चिमी अफगानिस्तानमा आकस्मिक आएको बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले जनाएको छ । “शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले शनिबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी गराउनुभयो ।   

“बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरमा क्षति गरेको छ । बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषियोग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्” उहाँले भन्नुभएको छ ।   

प्रान्तभित्रका  प्रमुख सडकहरू “पूर्णरूपमा अवरुद्ध” भएका छन्। विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो । एएफपी