अभिभावकत्व पाएका बालबालिका अलपत्र
पूर्वप्रधानमन्त्री तथा तत्कालीन मन्त्री तथा सांसदहरूले अभिभावकत्व लिएका मुगुका गरिब परिवारका १७ बालबालिका अहिले अलपत्र भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका तत्कालीन मन्त्री तथा सांसदले मुगुका अतिविपन्न बाल
अविवाहित महिलालाई भत्ता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्षमाथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकबाट ४० काटेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो ।
जोखिमयुक्त सडकले सास्ती
कर्णाली कोरिडोरको प्रवेशद्वार मानिने खुलालुमा जोखिमयुक्त सडकका कारण यात्रुहरूलाई सास्ती भएकोे छ । पुल पार गर्नासाथ ओरालोमा ठूला ढुङ्गा रहेको र ती ढुङ्गा पन्छाउन कसैले पनि चासो नदिँदा सो सडकखण्ड जोखिमयुक्त भएको छ । यहाँ सडक पार गर्न घण्टौँ लाग्ने गरेको छ ।
गाउँपालिकाको नमुना भवन
२०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ ।
भालुको आक्रमणमा एक जना घाइते
हुम्ला, जेठ १७ गते। मङ्गलबार दिउँसो नाम्खा गाउँपालिका-४ को याल्वाङमा भालुको आक्रमणमा परेर एकजना घाइते हुनुभएको छ। घरबाट घट्टतर्फ जाँदै गर्दा बाटोमा भालुले आक्रमण गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भालुको आक्रमणबाट स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते हुनुभएको हो। घाइते लामाको कान र हातमा चोट लागेको छ। लामाको दायाँ कान च्यातिएको छ। घाइते लामालाई नाम्खा गाउँपालिका याल्वाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल हुम्लामा रेफर गरिएको छ।
राष्ट्रपति भण्डारी सुर्खेतमा
राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुग्नुभएको छ ।
कामदारले ज्याला नपाएपछि उजुरी
सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।
बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग
कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”
बादी समुदायवाट पहिलो कार्यपालिका सदस्य
जाजरकोट, जेठ १७ गते । जिल्लाको भेरी नगरपालिका वार्ड नं. १ रावतगाउँका डोटे बादी नगरकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । बादी समुदायबाट पहलिो पटक स्थानीय तह सरकारमा सहभागिता जनाउन पाएको भन्दै यहाँका वादीबस्ती निकै हर्षित भएका छन ।नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठवन्धनको तर्फवाट नेपाली काँग्रेसले उहाँलाई अल्पसंख्यक पुरुषवाट उम्मेदवार वनाएको थियो त्यसपछि उहाँ निर्वाचित हुनु भएको थियो । स्थानीय बादी अगुवा तीले बादी आफ्नो जातीवाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले आफूहरुका सवाल उठाउनेमा आसावादी रहेको बताउनुभयो । आफूहरुको पुर्खेउली पेशा मादल व्यवसायलाई उत्थान गर्न आवाज उठाउनेमा आसावादी भएको तिले वताउनु हुन्छ । बादी समुदायका लागि परीवारको आधारभुत आवस्यकता र छोराछोरीको शिक्षा प्रदान गराउनका लागि लागि पर्ने बताउनु भयो । बादी समुदायले परम्परादेखि अपनाउँदै आएको सुल्पा वनाउने र मादल वनाउने पेशालाई परिमार्जन गरी विस्तार गर्ने योजना राखेको बताउनु भयो ।