शिविरमा आठ सय जनाकाे निःशुल्क उपचार
मुगुको जिल्ला अस्पतालमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभरबाट आठ सय जनाले सेवा लिएका हुन् ।
दैलेखमा एक दर्जन झोलुङ्गे पुल निर्माण
दैलेख जिल्लामा एक दर्जन झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सुविधा पुग्ने छ ।दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा
गत मङ्सिरबाट बन्द हुुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकी खुुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुुग्दा बन्द रहँदै आएको स्वास्थ्य चौकी सञ्चालनमा आएको हो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण
जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरे पछि गुराँस गाउँपालिकाले –८ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
बाह्र नमुना झोलुङ्गे निर्माणको चरणमा
दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलको पाँच प्रतिबद्धता
राजन रावतहुुम्ला, जेठ १४ गते । खार्पुनाथ गाउँपालिकामा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष कर्णबहादुर रावलले आफ्नो कार्यकालमा गरिने पाँच वटा प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकाल सिक्दै गएको कारण यो कार्यकालमा गरिने प्रतिबद्धता सार्वजनिक गरेको उहाँले बताउनुभयो । उहाँले कार्यभार सम्हालेलगत्तै सार्वजनिक गर्नुभएका आगामी पाँच वर्षसम्म गरिने प्रतिबद्धतामा पाँच वटै वडाहरुमा सडक सञ्जाल जोड्ने, प्रत्येक वडाहरुमा विधुत उपलब्ध गराउने, एक घर एक रोजगारको व्यबस्था गर्ने, दिगो भौतिक संरचनाको बिकास गर्ने र शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिई दिगो बिकास गर्ने रहेका छन् ।प्रतिबद्धता पूरा गर्न उहाँले अहिल्यैबाट योजना तर्जुमा गरेर लाग्ने तयारीमा रहेको बताउनुुभयो । गाउँपालिकामा सीमित साधन स्रोत भएका कारण पनि उहाँले त्यसकालागि प्रदेश, सङ्घीय सरकार र अन्य गैरसरकारी निकायसँगको समन्वयमा काम अगाडि बढाउने बताउनुुभयो । पाँच वटा वडा रहेको खार्पुनाथमा हालसम्म कुनै पनि वडामा सडक सञ्जाल जोडिएको छैन् ।
२५ वर्ष पछि हत्यारा पक्राउ
जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।
सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँँदा छजना घाइते
प्रतीक इच्छुक शर्मासल्यान, जेठ १३ गते । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार आज बिहान सोही ठाउँमा ट्रिप्पर दुर्घटना भएको थियो । घटना थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आठ वटा वडामा दलित महिला सदस्य खाली
जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको छ । उक्त वडाहरुमा दलित घरधुरीको वसोवास नरहेको कारण दलित महिला सदस्यमा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।