मृतक दर्जीको परिवारलाई मुद्दा दर्ता नगर्न दबाब
शङ्कास्पद रूपमा ज्यान गुमाएका रास्कोट नगरपालिका ८ का प्रेम दर्जीको परिवारलाई कानुनी प्रक्रियामा नजान दवाव दिएको परिवारले जनाएको छ ।
हुम्लाको ४४ वटा वडामा एक जना महिला अध्यक्ष
जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो ।
कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।
पहुँचका भरमा जहाजको टिकट वितरण
पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् । नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् ।
दैलेखमा जिसस गठन कुनै दलको पनि पुगेन बहुमत
जिल्ला समन्वय समिति गठनका लागि दैलेखमा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा दुई नगरपालिकाका प्रमुख/उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा एउटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी कुल १० वटा प्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।
कर्णाली बस दुर्घटना हुँदा चारको मृत्यु ३९ जना घाइते
मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
निर्वाचनपछि काममा फर्किए मजदुर
स्थानीय तहको निर्वाचनका बेला मतदानमा सहभागी हुन आआफ्ना घर आएका सडक मजदुर निर्वाचन सकिएपछि काममा फर्किएका छन् । मजदुर घर आएपछि रोकिएको सडक निर्माणको काम निर्वाचन सकिएकाले सुुचारु हुँदा कामदार साइटमा फर्किएका हुन् । कर्णाली कोरिडोरको खार्पुदेखि लालीबगरखण्डको बोक्चे गौँडामा काम गर्दै आएका खार्पुनाथका मजदुर पर्वते विकले निर्वाचनले गर्दा केही दिनका लागि रोकिएको सडक निर्माणको काम सुुचारु भएकाले काममा फर्किएको बताउनुुभयो । बोक्चे गौँडामा २५ जना कामदारले सडक निर्माणको काम गर्दै आएका छन् । मजदुर विकले निर्वाचन सम्पन्न भएपछि रोजगारीका लागि पहिलेबाटै गर्दै आएको काममा रातदिन खटिन सुुरु भएको बताउनुभयो ।
कर्णाली सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने
कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने भएको छ । संघीय सरकारले गरेको निर्णयलाई आधार मान्दै कर्णालीले समेत गणतन्त्र दिवस मनाउने तयारी गरेको हो ।
कर्णाली राजमार्गमा बस दुर्घटना : तीन जनाको मृत्यु, ३३ घाइते
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–२ सिस्नेको लिस्नेपडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।