कर्णाली सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने
कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने भएको छ । संघीय सरकारले गरेको निर्णयलाई आधार मान्दै कर्णालीले समेत गणतन्त्र दिवस मनाउने तयारी गरेको हो ।
कर्णाली राजमार्गमा बस दुर्घटना : तीन जनाको मृत्यु, ३३ घाइते
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–२ सिस्नेको लिस्नेपडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्राथमिक उपचारका सामग्रीसहित स्वास्थ्यकर्मी बस्तीबस्तीमा जाने
मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जिवन खरेलले स्वास्थ्यका सामग्रीसहित स्वास्थ्यकर्मीहरु बस्तीबस्तीमा जाने बताउनुभएको छ ।
गाउँ कार्यपालिका सदस्य ताँजाकोटमा निर्विरोध र सर्केगार्डमा निर्वाचित
जिल्लाको ताँजाकोट गाउँ कार्यपालिकाका सदस्य निर्विरोध हुनुुभएको छ भने सर्केगार्ड गाउँपालिकामा निर्वाचित हुनुुभएको छ ।
नगर प्रमुख भामले सरकारी सेवा सुविधा नलिने
छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएकोछ ।
पैदलयात्रुलाई आवत जावतमा समस्या
राजन रावतहुुम्ला, जेठ १० गते । जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको दुुल्लीकुुना क्षेत्रमा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । कर्णाली करिडोरको सडक निर्माण कार्य भइरहेका कारण पैदल यात्रुुलाई हिड्डुलमा समस्या भएको हो । स्थानीय तह निर्वाचनमा खटिनुु भएका मालपोत कार्यालयका प्रमुख रबिन्द्र शाहीले दुुल्ली कुना क्षेत्रमा पैदल हिडडुुल गर्न समस्या हुनेगरेको बताउनुुभयो । चट्टानी भीरमा बिष्फोट भएर सडकमा खसेका ढुङ्गा पन्छाउने कार्य नभएका कारण पैदलयात्रुुलाई समस्या भएको उहाँको भनाई छ । कर्णाली नदी किनारामा ग्याविन लगाउने र बिष्फोट भएका ढुुङ्गा फाल्ने कार्य नभएसम्म पैदल यात्रुुहरुले सास्ती खेप्नुुपर्ने उहाँले बताउनुुभयो । अग्लो चट्टानी भीरमा सडकको लेबल मिलाउन अझै काम बाँकी रहेकाले पूरा नहुुन्जेलसम्म पैदल यात्रुुहरुले समस्या भोग्नुु पर्ने उहाँको बुझाई छ । उक्त खण्डमाथि भीर र तल कर्णाली नदी बगेकाले अन्यत्रबाट पैदलयात्रुु जाने बिकल्प नरहेको स्थानीयको भनाई छ । यस्तो असजिलो बाटोमा पैदल यात्रुुहरुले डराई डराई पन्ध्रदेखि बीस मिटरभन्दा बढी दूुरी पार गर्नुपर्ने अबस्था रहेको स्थानीयको गुनासो छ । दैनिक सयभन्दा बढी बटुवाहरु सो खण्ड हुुँदै आवत जावत गर्ने गर्छन् । सो बाटोबाट पशुु बस्तुलाई समेत लैजान सक्ने अबस्था नरहेको स्थानीयको भनाई छ । सडक निर्माणको जिम्मा लिई हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनी पक्षलाई सडक निर्माण कार्यलाई तिब्रता दिएको छ ।
कर्णालीमा चौँसट्ठी स्वतन्त्र उम्मेदवार विजयी
कर्णाली प्रदेशको स्थानीय तहका विभिन्न पदमा ६४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कर्णालीका ७९ वटा स्थानीय तहमा ९४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । पालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका हुन् । नगरपालिका प्रमुखमा दुई जना, गाउँपालिका अध्यक्षमा तीन जना र गाउँपालिका उपाध्यक्षमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । यसैगरी वडा अध्यक्षमा १९ जना, वडा सदस्यमा २० जना, महिला वडा सदस्यमा आठ जना र दलित महिला वडा सदस्यमा नौँ जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।
बिरामीले हवाई टिकट नपाउँदा प्रशासनमा धर्ना
जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभएको छ ।
अस्पतालको बेवास्ताका कारण विना पोस्टमार्टम शव चिहानघाटमा
प्रेमराज सिंखडाकालीकोट, जेठ ९ गते । शंकास्पद रूपमा मृत्यु भएका रास्कोट नगरपालिका ८ का ४४ वर्षीय प्रेम दर्जीको शव विना पोष्टमार्टम चिहानघाटमा पुगेपछि तनाव बढेको छ । पोष्टमार्टम गर्ने भनी रास्कोट सामुदायिक अस्पतालमा दुई दिनसम्म राखिए पनि पोष्टमार्टम नगरिएको भेटिएपछि दाहसंस्कारमा किचलो थपिएको हो ।आक्रोशित आफन्त तथा मलामीहरूले विना पोष्टमार्टम दाहसंस्कार नगर्ने बताएपछि खाल्डो खनिएको भागमाथि शव राखिएको छ । जिल्लाबाट पोष्टमार्टमका लागि डाक्टरसहितको टोली आउन लागेको अस्थायी प्रहरी चौकी शान्तिघाटले गोरखापत्रलाई जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनमा विजयी रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको विजयी भोजमा सहभागी दर्जीको शनिबार पाटेडीलको पानिगौंडामा शव भेटिएको थियो । मृतक दर्जी विजयी भोजमा दमाह बजाउन र नाचगान गर्न बायालपाटासम्म उपप्रमुखको घरमा समेत पुगेको बताइएको छ । उपप्रमुख मनिराज बरालको घर पाटेडीलमा राति ८ बजेसम्म नाचगान गरेका दर्जी सोही राति बेपत्ता हुनुभएको थियो । दर्जीको शव पानिगौंडाको कुलोमा जेठ ७ गते साँझ ६ बजे भेटिएको थियो । दर्जीको शवलाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाइएको थियो । अस्पतालका स्वास्थ्यकर्मी शेरमान गुरूङले माथिल्लो तहको आदेशअनुसार शवलाई हेरफेर मात्र गरी पठाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी सिद्धराज न्यौपानेका अनुसार प्रहरीले पोष्टमार्टम गर्न अस्पताललाई पत्राचार गरिएको छ ।