• २ असार २०८१, आइतबार

नगर प्रमुख भामले सरकारी सेवा सुविधा नलिने

blog

छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भाम । तस्बिर : गोरखापत्र

हरिकृष्ण ऐड

मुगु, जेठ १० गते । छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख  बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएकोछ ।  मंगलबार गमगढी बजारको कृष्ण चौकमा सरोकारवाला र छायाँनाथ रारा नगरपालिकाका समुदाय हरुसंग  आफ्नो सम्पति बिवरण सार्वजनीक गर्नु भएकोछ भामले । आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषण गर्नु भएको हो ।

आफ्नो सम्पति सार्वजनिक कार्यक्रममा प्रमुख भामले भगौलिक विकटताका कारण नगरपालिकाको १४ वटै वडामा पुग्नु पर्ने भएकाले नगरपालिकाको गाडी भने प्रयोग गर्ने बताउनु भयो ।  भामले नगरपालिकाको निमार्णधिन भवन सम्पन्न नहुन्जेल  नगरपालिका भाडामा प्रयोग नगरी कामकाज संचालन गर्ने बताउँनुभयो ।

आफ्नो निजि निवासका लागि  उहाँले मासिक ३५ हजार तिरेर भाडाको घरमा न बस्ने प्रतिबद्धता गर्नु भएकोछ । यस्तै आफ्नो घरमा बस्दा नगरपालिकाबाट आफ्नो निवासमा एक थान टेलिभिजन राख्ने र एक थान मोबाईल र त्यसलाई प्रायोग हुने रिर्चाजबाहेक अन्य कुनैपनि आर्थिक लाभ नलिने उपस्थित सरोकारवाला र सर्वसाधरणलाई प्रतिबद्धता गर्नुभएको छ । पाँच वर्षे कार्यकालमा प्राप्त हुने ५२ लाख र अन्य रकम जम्मा गरेर नगरपालिका भित्रका १४ वडाका लागि १० वटा एम्बुलेन्स खरिद गर्ने बताउनु भएको छ ।