• २ असार २०८१, आइतबार

गाउँ कार्यपालिका सदस्य ताँजाकोटमा निर्विरोध र सर्केगार्डमा निर्वाचित

blog

राजन रावत
हुुम्ला, जेठ ११ गते ।
जिल्लाको ताँजाकोट गाउँ कार्यपालिकाका सदस्य निर्विरोध हुनुुभएको छ भने सर्केगार्ड गाउँपालिकामा निर्वाचित हुनुुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दुुई वटा गाउँपालिकामा निर्विरोध निर्वाचित र मतदानबाट निर्वाचित भएको जनाएको हो ।

ताँजाकोटका सहायक निर्वाचन अधिकृत प्रेमबहादुुर सिंहकाअनुुसार मनोनयन दर्ताको दिन अन्य कुुनै पनि पार्टीबाट ती पदका लागि मनोनयन नपरेपछि निर्वाचित हुने कार्यपालिकका सदस्य माओवादी केन्द्रबाट निर्विरोध हुनुुभएको हो ।

यसैगरी, निर्विरोध निर्वाचित हुने सदस्यहरुमा महिला सदस्यतर्फ आपसरी कामी, रामदेवी मल्ल, आउसी दमाई र छमका खड्का हुनुहुन्छ । त्यस्तै, दलित सदस्यतर्फ जगत सार्की र नन्दबिर चदारा हुनुहुन्छ । सो पदका लागि माओवादी केन्द्रको स्पष्ट बहुुमत रहेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेको भएपनि कार्यपालिकाका सदस्यको निर्वाचनमा माओवादीले एक्कलै उम्मेदवारी दिएको थियो ।

यसैगरी, सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नर रावतका अनुुसार मङ्गलबार साँझ भएको मतगणनाबाट गठबन्धन दलका तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा माओवादी केन्द्रबाट महिला सदस्यमा याङ्गी थापा र सुपारी शाही नेपाली काँग्रेसबाट आईती ऐडी र बासुुकी कामी हुनुहुन्छ । यसैगरी, खुल्ला तथा अल्पसङ्ख्यक कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा ज्ञानसिंह विक नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका रतिवाने बिक हुनुहुन्छ ।

सर्केगार्ड गाउँपालिकामा गठबन्धन दलकाविरुद्ध नेकपा एमालेले उम्मेदवारी दिएका थिए ।