• २ असार २०८१, आइतबार

पैदलयात्रुलाई आवत जावतमा समस्या

blog

राजन रावत

हुुम्ला, जेठ १० गते । जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको दुुल्लीकुुना क्षेत्रमा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । कर्णाली करिडोरको सडक निर्माण कार्य भइरहेका कारण पैदल यात्रुुलाई हिड्डुलमा समस्या भएको हो । 

स्थानीय तह निर्वाचनमा खटिनुु भएका मालपोत कार्यालयका प्रमुख रबिन्द्र शाहीले दुुल्ली कुना क्षेत्रमा पैदल हिडडुुल गर्न समस्या हुनेगरेको बताउनुुभयो । चट्टानी भीरमा बिष्फोट भएर सडकमा खसेका ढुङ्गा पन्छाउने कार्य नभएका कारण पैदलयात्रुुलाई समस्या भएको उहाँको भनाई छ । 

कर्णाली नदी किनारामा ग्याविन लगाउने र बिष्फोट भएका ढुुङ्गा फाल्ने कार्य नभएसम्म पैदल यात्रुुहरुले सास्ती खेप्नुुपर्ने उहाँले बताउनुुभयो । अग्लो चट्टानी भीरमा सडकको लेबल मिलाउन अझै काम बाँकी रहेकाले पूरा नहुुन्जेलसम्म पैदल यात्रुुहरुले समस्या भोग्नुु पर्ने उहाँको बुझाई छ । 

उक्त खण्डमाथि भीर र तल कर्णाली नदी बगेकाले अन्यत्रबाट पैदलयात्रुु जाने बिकल्प नरहेको स्थानीयको भनाई छ । यस्तो असजिलो बाटोमा पैदल यात्रुुहरुले डराई डराई पन्ध्रदेखि बीस मिटरभन्दा बढी दूुरी पार गर्नुपर्ने अबस्था रहेको स्थानीयको गुनासो छ । 

दैनिक सयभन्दा बढी बटुवाहरु सो खण्ड हुुँदै आवत जावत गर्ने गर्छन् । सो बाटोबाट पशुु बस्तुलाई समेत लैजान सक्ने अबस्था नरहेको स्थानीयको भनाई छ । सडक निर्माणको जिम्मा लिई हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनी पक्षलाई सडक निर्माण कार्यलाई तिब्रता दिएको छ ।