गाउँसभामा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत
कैलारी गाउँपालिकाको आज (सोमबार) बसेको गाउँसभाको बैठकमा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको छ ।
चैते धानखेती गर्ने किसानलाई अनुदान
चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।
हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम
आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ । फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ । यो क्रम दुई सातायता लगातार चलिरहेको छ ।
आगो ताप्दा सासू बुहारीको मृत्यु
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो ।
हुलाकी सडक निर्माण अधुरै
कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिएको समयमा पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थप गरिएको समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो । यहाँ विभिन्न सात प्याकेजमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । धनगढीको क्याम्पस रोडदेखि कट्नी खोलासम्मको सात किलोमिटरको पहिलो प्याकेज स्तरोन्नतिको कार्य मात्रै तोकिएको समयमा पूरा भएको छ । पहिलो प्याकेजको सहरी क्षेत्रमा चार लेनको राजमार्ग बनाइएको छ । बाँकी पूर्वपश्चिम र उत्तरदक्षिणमा स्तरोन्नति भइरहेको छ वटै प्याकेजको निर्माण तोकिएको समयावधिमा पूरा हुन सकेको छैन ।
फोहाेरमा आगो लगाएर प्रदूषण बढाउँदै घोडाघोडी नगरपालिका
कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहोरलाई मोहर बनाउने कार्यमा अगाडी बढीरहदा अन्य पालिकाले भने फोहर व्यवस्थापनको नाममा दुर्घन्ध फौलाईरहेको स्थानीयले आरोप लगाएका छन् ।
हराउँदै परम्परागत घर
थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भन्नुभयो, “पुराना काठका घर विस्थापित हुँदैछन् ।”
सीमा क्षेत्रको पीडा ‘काँडेतार’
भूमि अतिक्रमण, हत्या, दुव्र्यवहार, लुटपाट, असुलीलगायतका थुप्रै समस्या व्याप्त छन्, नेपाल–भारत सीमा क्षेत्रमा । सीमा क्षेत्रको यही वास्तविक पीडा, समस्यालाई नेपाली चलचित्र ‘काँडेतार’ ले उजागर गरेको छ । लालपुर्जा हुँदाहुँदै आफ्नो भूमिदेखि लिएर चेलीबेटीले अस्मिता गुमाउनु परेको वास्तविकता चलचित्रमा देखाइएको छ । रातारात कैयौँ ठाउँमा नेपाली भूमि अतिक्रमणमा परिरहेको छ । दुई देशको सीमा छुट्याउने सीमास्तम्भलाई रातारात सार्दा पनि राज्यबाट देखिएको मौनतालगायतका कुरालाई चलचित्रले छर्लङ्ग पारेको छ ।
घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे
कैलालीको घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे पनि यसवर्ष सुदूरपश्चिमको तराई क्षेत्रमा रहेको प्रायः तालतलैयामा जलपन्छीको सङ्ख्या घटेको छ ।
बँदेलको आतङ्कले गाउँमा त्रास
यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।
जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरी आमाको मृत्यु
बाजुराको जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याहा छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ ।
नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गरिँदै
धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो ।
पुस्तक बिक्री गरेर कारखाना चलाउने धोको
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा बैतडी आइपुग्नुभएको छ । सामान्य परिवारमा जन्मेका पुनको जीवनगाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला हुँदै बैतडी पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य अनुरूप उहाँ मेची–महाकाली महाअभियान हुनुहुन्छ ।
हराउन थाले दमाहा बाजा
विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन् । गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ र बिसुपर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गालगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन् ।
चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।
संरक्षणकर्मी डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड
कैलालीको भजनी नगरपालिकावासी संरक्षणकर्मी एवम् चराविद हिरुलाल डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिएको छ ।
सुत्केरीलाई कोसेली
बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन ।
धनगढीमा उन्नाइस वटा सडक बन्दै
धनगढी उपमहानगरपालिकामा १९ वटा सडक बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ती सडक बन्ने भएका हुन् । सडक निर्माणका लागि छ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । बहुवर्षीय योजनाका रूपमा यी सडकको पहिलो चरणको काम पूरा गर्न प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्रसरता देखाउनुभएको छ । उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ६१ करोड रुपियाँ बजेट सुनिश्चित गरेपछि ठेक्का आह्वान गरिएको हो । ठेक्का लागेका सडक बढीमा तीन महिनाभित्र निर्माण थालिने पूर्वाधार विकास कार्यालयका कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार मूल्याङ्कनको प्रक्रिया बढीमा तीन महिनाभित्रै पूरा हुने छ । पहिलो प्याकेज अन्तर्गत धनगढी उपमहानगरपालिका–४, रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुलसी चोक हुँदै भगवती टोलसम्मको सडक, धनगढी उपमहानगरपालिका–३, वाणिज्य बैङ्क, विशालनगर, जनता आधारभूत विद्यालय, वीरेन्द्र चोक हुँदै रिङरोड जोड्ने सडक रहेका छन् ।
दुर्गम गाउँमा विद्युत विस्तार
विकास गर्न बजेट भएर मात्रै पुग्दैन, कर्मचारीमा काम गर्ने हुटहुटी आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटिएर दुर्गम शिवनाथ गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ। ठेकेदारले एक वर्षमा गर्नुपर्ने बिजुलीको काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफैँ स्थलगत खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको हो।
सहारा घर शिलान्यास
कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न भवन निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो । बर्दगोरिया गाउँपालिका–२, बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो ।
सचेतनामूलक कार्यक्रम गरेर सिमसार दिवस मनाइयो
‘सिमसार, मानव हितको आधार’ भन्ने नाराका साथ कैलालीमा शुक्रबार विविध कार्यक्रम गरेर विश्व सिमसार दिवस मनाइएको छ।
वर्षापछि किसान खुसी
गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।