गर्पाछेडाको लोभ लाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’
पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रङी विरङ्गी फुल । तल हेर्दा देखिने हरियाली जङ्गल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाँडो (घण्टी)को एकनासको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी ।
बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता
सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ ।
उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै
उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।
एक हजार बढीमा डेङ्गु सङ्क्रमण, एकको मृत्यु
तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।
अवैध काठसहित ट्याक्टर नियन्त्रणमा
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
उज्यालो पर्खिरहेको निसेलढोर
पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् ।
गाउँपालिकाभर पहिरोको जोखिम
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी भूगोल भएको यो गाउँपालिकाका सबै वडाका जमिन चिरा चिरा पर्ने र धाँजा फाट्ने गरेको हुँदा प्राकृतिक विपत्को जोखिम उच्च छ । गाउँपालिकाको पहाडी क्षेत्र पहिरोको जोखिम र समथर भूभागमा नदी कटानको समस्या छ । यहाँका सबै छ वडा उच्च जोखिममा छन् ।
अरिङगल होमस्टे सञ्चालनमा
गोरखाको सहिद लखन गाउँपालिका–४ ताक्लुङको बरालथोकस्थित थानीडाँडा गाउँमा स्थानीय मगर समुदायले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।
म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी लागू भएपछि सेवाग्राहीलाई सहज
म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी (अटोमेसन प्रणाली) लागू भएको छ । एक वर्ष अघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेशी म्याग्दी जिल्ला अदालतमा पनि लागू भएको हो ।
खोलाले बगाउँदा एक जना बेपत्ता
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।
पहिरो विस्थापित तीन वर्षदेखि टहरामा
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी वस्तीमा अवस्थित यस गाउँपालिकाका सबै वडाका जमिन चिराचिरा पर्ने र ध्वजा फाट्ने गरेको हुँदा प्राकृतिक विपदको जोखिम उच्च रहेको छ ।
ठेकीमा मोही पार्दै गोठाला
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईबस्तुको गोठ लिएर बुकी आएका किसान दुधबाट घ्यु, छुर्पीलगायत दुधजन्य परिकार बनाउने गर्दछन् ।
सुविधा सम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधा सम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।
नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा
बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको सांस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।
भेटीबाटै भौतिक पूर्वाधार विस्तार
म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाटै भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ । मन्दिरमा साउन महिनाका सबै सोमबार, बालाचतुर्दशी र शिवरात्रि जस्ता पर्वमा भक्तजनले चढाउने गरेको भेटी सर्वसाधारणको उपस्थितिमा मुचुल्का उठाएर गणना गर्ने गरिन्छ । भेटी रकम चढाउने सबै स्थान सिसी क्यामराको निगरानीमा रहने गर्दछ । साउनका सोमबार तथा बालाचतुर्दशी तथा महाशिवरात्रिको भोलिपल्ट बिहान सरोकारावाला निकायको उपस्थितिमा कोषका पदाधिकारीले मुचुल्कामा हस्ताक्षर गरेलगत्तै भेटी राखेको दानपेटिका खोलेर सबैले बसेर पैसा गनिन्छ ।
मुहानमा क्षति पुगेपछि खानेपानी अभाव
गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहकारी खानेपानी उपभोक्ता संस्थाले केही दिन पानी प्रवाह गर्न नसक्ने भएको छ । बुधबार रातिको अविरल वर्षाले सहिद लखन गाउँपालिका–७ को ढाकेखोला र छाङखोलाको मुहानमा पाइपलाइन तथा संरचनामा क्षति पुगेपछि सदरमुकाममा पानीको अभाव भएको संस्थाका अध्यक्ष सीता खड्काले जानकारी दिनुभयो ।
धार्मिक पर्यटकलाई छैन शाकाहारी भोजनालय
पर्वतको मालढुङ्गादेखि मुस्ताङ र चीनको सिमाना कोरलासम्म लामो धार्मिक क्षेत्रमा कुनै पनि शाकाहारी भोजनालय छैनन् । सामान्यतया धार्मिक पर्यटकले शाकाहारी भोजन गर्ने गर्छन् । शुद्ध शाकाहारी भोजनालय अनिवार्य आवश्यकता जस्तै हुने गर्छ । व्यापारका हिसाबले पनि राम्रो सम्भावना हुने भए पनि यसतर्फ ध्यान पुगेको पाइँदैन ।
बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण
तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।
म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण
आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् ।
शिरीषको 'देश फर्किरहेको देश' प्रथम
लेखक तथा कवि सुन्दर शिरीष (सिन्धुपाल्चोक) को 'देश फर्किरहेको देश' खुला कविता प्रतियोगिता २०८१ मा प्रथम भएको छ ।
निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि...
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ ।
सार्वजनिक जग्गा सरकारको मातहत ल्याउन प्रशासन सक्रिय
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अतिक्रमित भएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन सक्रियता देखाएको छ ।
शुद्ध शाकाहारी भोजनालयको खोजी
नेपालमै चर्चित कालिगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि चीनको सीमा कोरला नाकासम्मको लामो दूरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि भोजनालय छैन ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।