विवादले घर भत्काउन ढिलाइ
तनहुँको सदरमुकाम दमौलीमा सडक केन्द्रविन्दुबारे विवाद हुँदा घर भत्काउन ढिलाइ भएपछि विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डको काम प्रभावित भएको छ । राजमार्गको काम अन्यन्त्र धमाधम भइरहेको छ । दमौलीमा भने अधिकांशले सडक सीमाभित्रको घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।
पृथ्वी राजमार्ग अवरोध कायमै
पृथ्वीराज मार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले वैकल्पिक दुई वटा मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
सङ्कटमा गङ्गापूर्ण हिमताल
अन्नपूर्ण चक्रीय पदमार्गको गन्तव्यका रूपमा रहेको मनाङको गङ्गापूर्ण हिमतालको अस्तित्व सङ्कटमा परेको छ । पछिल्लो समय उक्त हिमतालको स्वरूप नै खलबलिएको छ भने बर्सेनि ताल पुरिने क्रम बढ्दो छ । जलाधार संरक्षण र पर्यावरणीय सन्तुलनका लागि गङ्गापूर्ण हिमताल जोगाउनु पर्छ । अस्तित्व सङ्कटबाट गुज्रिरहेको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्य्रान थुप्रिँदा तालको सौन्दर्य खस्किरहेको छ ।
पालिकालाई सुगम बनाउने प्रयासमा छौँ
बागलुङ जिल्लाका साबिकका तीन गाउँ विकास समिति बोङ्गादोभान, तमान र खुङ्गखानी समावेश गरेर बनाइएको तमानखोला गाउँपालिकामा हाल छ वटा वडा छन् । यहाँ भौगोलिक रूपमा दुर्गम र विकट बस्ती छन् । यहाँ सडक विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रको विकासका लागि उल्लेख्य प्रयास भएको छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको यहाँ जोकलाल बुढामगर गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष बुढामगरसँग गोरखापत्रका बेनी समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : पालिकामा के कति काम भएको छ ?
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ ।
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
बागलुङ, भदौ ६ गते । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो ।“अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।”बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ । जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
घाँसीकुवामा र मौरीबजारमा पहिरो जाँदा पृथ्वीराजमार्गमा अवरोध
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बुधबार साँझ ५:०० बजे पहिरो खस्दा पृथ्वीराजमार्गमा अवरोध भएको छ ।
गाउँपालिकामा पुस्तकालय स्थापना
अर्जुन चौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्र पुस्तकालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग र विश्व हिन्दु युवा सङ्घको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको हो ।
लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु
पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
जहाज दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा अक्षयकोष स्थापना
जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो।
मासिँदै मौलिक सम्पदा
ग्रामीण क्षेत्रमा जथाभाबी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भन्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् ।
मकै र कोदो खेतीको विकल्पमा किवी
किवी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुनुहुन्थ्यो ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
अविरल वर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
डेङ्गुबाट एकको मृत्यु, २४ मा सङ्क्रमण
पूर्वी नवलपरासीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –७ का ६४ वर्षीय पुरुषको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तरकारी खेती गरी सन्तानलाई इन्जिनियर र कृषि प्राविधिक
जलजला गाउँपालिका –६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ ।
बेगनासतालमा सरसफाइ अभियान
पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ ।
निजी स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य कैदीबन्दी
सरकारले हरेक कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । पुतलीबजार –१ मा रहेको एकमात्र जिल्ला कारागारमा पनि पाचौँ तहको स्वास्थ्यकर्मीको दरबन्दी सरकारले लागू गरेको छ ।
अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
अठतिस नेपालीद्वारा नागरिकता परित्याग
स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् । हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा फिनल्यान्डको नागरिकता एक जनाले लिएका छन् । विसं २०६७ जेठ ३ देखि असार मसान्तसम्म ५१ जना पुरुष र २६ जना महिला गरी ७७ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।
झरनामा झुम्दै पर्यटक
सदरमुकाम बेनी बजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने कोप्रे झरनामा आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ । यहाँ दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । बेनी बजारदेखि पदयात्राबाट पुग्न सकिने भएकाले पनि दैनिक रूपमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । सन् २०१९ को अन्तिमबाट सुरु भएको कोभिड–१९ पछि अलिक बढी चर्चा हुन थालेको कोप्रे झरनामा अहिले भने बेनीमा आइपुगेका अन्यत्रका पर्यटक पनि आउने गरेका छन् ।
खुल्यो नुइला नाका
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारको नुइला नाका पाँच वर्षपछि खुला भएको छ । यो नाका उत्तरी गोरखाको मुख्य व्यापारिक स्थल हो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चीनले एकतर्फी रूपमा एक महिनाका लागि मङ्गलबारबाट नाका खुला गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नाका खुलेपछि स्थानीयवासी खुसी भएका छन् ।
नियमित रचना बाचनलाई गाईजात्रा विशेष बनाइयो
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले नियमित रचना बाचनलाई गाईजात्रा विशेष बनाएको छ । मासिक रुपमा नियमित रचना बाचन कार्यक्रम गर्दै आइरहेको प्रतिष्ठानले आफ्नो ७६ औं शृङ्खलालाई गाईजात्रा विशेष बनाएको हो ।
सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो
कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्नुहुन्छ । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आउनुभएकी उहाँले विद्युतीय चुल्होमा खाना पकाउन थाल्नुभएको हो ।