प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी
वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उहाँको छ।
बजार झरे मुुस्ताङी च्याङ्ग्रा
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।
वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको 'एक्सिलेन्स' अवार्ड
पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ ।
दशैँका लागि विक्रीमा ल्याइदै च्याङग्रा
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ ।
ज्येष्ठ नागरिकलाई घरमै उपचार
गोरखाको भिमेसन थापा गाउँपालिकामा स्वास्थ्यकर्मीले घर–घरमा गएर स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकालाई निःशुल्क चेकजाँच सेवा सुरु गरेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूतबिच भेटवार्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।
यसपालिको दसैँ–तिहारमा पनि यात्रुलाई धुलोमै यात्रा
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा यात्रा गर्ने यात्रुले यस पटकको दसैँ, तिहारलगायतका चाडपर्वमा पनि धुलो र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्नुपर्ने भएको छ ।
अध्ययन केन्द्र बनाउन ज्ञान महायज्ञ
नवलपुरको कावासोती नगरपालिकामा अवस्थित नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेभएको छ । धार्मिक ग्रन्थको अध्ययन केन्द्र बनाउने मुख्य उद्देश्यसाथ ज्ञान महायज्ञ गर्न लागिएको हो ।
कृषिका बहुविकल्प प्रयोग गर्दै अधिकारी
पोखरा महानगरपालिका-३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ ।
कोरला नाका सञ्चालनको तयारी
मुस्ताङमा रहेको नेपाल-चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो ।
गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार
गोरखाको चुमनुब्री गाउँपालिकाका एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा
गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरू अब भने सहयोगको आशा मारिसकेका छन् ।
पढ्दै सिक्दै कार्यक्रम : ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो ।
पर्वतमा खुमल जातको धान ढलेर सोतर
पर्वतको पैयुँ गाउँपालिकामा लगाइएको धान खेती वाला लागेसँगै ढलेर सोतर बनेपछि कृषक मर्कामा परेका छन् । कृषकले पालिकाले अनुदानमा उपलब्ध गराएको खुमल चार जातको धानको बिउँ करिब १५ हेक्टर जमिनमा रोपेका थिए ।
मुख्य चोकमा ट्राफिक बत्ती
पोखरा महानगरका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक बत्ती बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट बत्ती र बजार क्षेत्रमा स्मार्ट बत्ती राखिएको महानगरमा झन्डै दुई दशकपछि ट्राफिक बत्ती बल्न लागेका हुन् । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका पाँच चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवालले जडानको काम करिब सकिएको र मङ्सिरभित्रै ट्राफिक बत्ती बल्ने बताउनुहुन्छ ।
काठेगाईलाई सुत्केरी खर्च
पर्वतको बिहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठेगाईको संरक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिँदै आएको छ । घरमा पालेको स्थानीय गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिने गरिएको हो । गाई सुत्केरी हुँदा गाईपालक कृषकलाई दुई हजार पाँच सय रुपियाँ दिइने पालिकाको पशु शाखामा कार्यरत कर्मचारी मनोज बैठा बताउनुहुन्छ । उहाँका अनुसार बिहादी पालिकाभरिका किसानले पालेका काठेगाईलाई स्थानीय जातका साँढेबाट प्रजनन गराएर सुत्केरी बनाएमा सुत्केरी स्याहार भत्ताबापत उक्त रकम दिने गरिएको हो । पशु शाखाका अनुसार यस्ता गाईको सङ्ख्या ४५० छ ।
चिनियाँ भूभागमा जान अनुमतिपत्र
माथिल्लो मुस्ताङका स्थानीयवासीलाई चिनियाँ भूभागमा जानका लागि अनुमतिपत्र वितरण गर्न लागिएको छ । चीनको भूभाग कोरला नाकामा आवतजावतमा सहज बनाउन अनुमतिपत्र (पास) वितरण गर्न लागिएको हो । मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुमतिपत्र वितरण सुरु गर्ने भएको छ। कोरोना महामारीका कारण चीनले चार वर्षअघि नाका पूर्ण रूपमा बन्द गरेको थियो । अनुमतिपत्र लिएर सीमा क्षेत्रका दुई गाउँपालिकाका स्थानीय कोरला नाका आवतजावत गर्न पाउने भएका छन् । लोमान्थाङ र लो–घेकरदामोदरकुण्ड गाउँपालिकाका स्थानीयवासीले मात्रै जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको अनुमतिपत्र लिएर चीनतर्फको ३० किलोमिटरसम्म जान पाउने व्यवस्था गर्न लागिएको हो ।
एप्पलको सोना मन्सुली चामल बिक्रीवितरणमा प्रतिबन्ध
नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । पवनपुत्र खाद्य उद्योग प्रालि वीरगन्जको एप्पल सोना मन्सुली चामलमा अखाद्य मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो । मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा आइतबार गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा सोमबार अनुगमन गरिएको थियो ।
चौतारीको इतिहास मेटिएको गुनासो
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीको मुटुमा पर्ने वीरेन्द्रचोकको चौतारीको इतिहास मेट्ने काम गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
सचेतना अभियानलाई तीव्र बनाउन प्रहरी गाउँमा
पछिल्लो समयमा आपराधिक घटनामा वृद्धि भएपछि न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले सचेतना अभियानलाई तीव्रता दिँदै ग्रामीण भेगमा पुगेको छ ।
गाउँपालिका अध्यक्ष घर्तीको कैद फैसला उच्च अदालतद्वारा सदर
लागु औषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गरेको छ ।
घरमै सामाजिक सुरक्षा भत्ता वितरण
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।
पर्यटक कुरिरहेको बेगनास
शनिबार अपराह्नतिर डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो ।