रुपैडिहाबाट दस किलो चरेसहित एकजना पक्राउ
दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन्।
एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री
चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, गल्धाका कृषकले एक करोड ६१ लाख ६४ हजार ३ सय ४९ रुपियाँ बराबरको खसी बोका बिक्री गरेका हुन् ।
मुख्यमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ ।
मन्दिर र मेला संरक्षण गरिँदै
दुई सय ३० वर्ष पुरानो इतिहास बोकेको बुटवल–१६ को नरेश्वरधाम बोलबम मन्दिरको संरक्षणसँगै बर्सौंदेखि लाग्दै आएको मेला संरक्षणमा स्थानीय जुटेका छन् ।
प्रादेशिक अस्पतालमा सुविधा थपिँदै
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट वार्षिक साढे तीन लाखभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउनुभयो ।
कापी उद्योगमा तीन करोड लगानी
दाङमा कापी उद्योगमा लगानी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार विगत डेढ दशकको अवधिमा जिल्लामा साढे तीन करोडभन्दा बढी रुपियाँ कापी उद्योगमा लगानी भएको छ ।
राजस्व तिरेकै मदिरा बिक्रीमा रोक
स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने निर्णय गरेको गाउँपालिकामै मदिरा बिक्रीमै रोक लगाइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आवागमनमा वृद्धि
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा छ हजार ७७९ यात्रुको आवागमन भएको छ ।
सालीको हत्या गर्ने भिनाजु पक्राउ
बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइनको उद्घाटन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ।
लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका-५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ ।
दुई टिप्पर प्रहरी नियन्त्रणमा
बाँकेमा नदीजन्य पदार्थको अवैध दोहोन र ओसारपसार बढेको छ । बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीको सिधनियाघाट छेउबाट ठुलो परिमाणमा नदीजन्य पदार्थहरु बालुवा र गिट्टीको अवैध दोहोन र ओसारपसार गर्ने दुई पिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्रदर्शलाई पुल्चोक क्रिकेट लिगको उपाधि
पुल्चोक क्रिकेट लिगको उपाधि ब्रदर्श युथ सोसाइटीले जितेको छ ।
नेपालगन्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो
पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात निर्यात दुबै वृद्धि भएको छ।
सिद्धार्थनगरमा सुधारिएको चुल्हो दिइने
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता भएको छ ।
जिप दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालक मालारानी २ बस्ने कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो।
घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै
दाङको घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
किशोरीमा रक्तअल्पता परीक्षण
प्युठान जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीको रक्तअल्पता परीक्षण गर्ने काम थालिएको छ । लुम्बिनी प्रदेश सरकारको रक्तअल्पता परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्युठानले विद्यालयमा पुगेर किशोरीको रक्तअल्पता परीक्षण गर्दै आएको छ ।
दृष्टिविहीन आमा छोरासँगै विद्यालय
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बुद्धिमती विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ ।
वनमा दिउँसोदेखि डढेलो, अझै नियन्त्रण बाहिर
पाल्पाको रिव्दीकोटस्थित दुई सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार दिउँसोदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजना माग गरे सहज हुने बताउनुभएको छ।
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ।