रुपन्देहीमा हत्या गरिएको अवस्थामा युवाको शव फेला
रुपन्देहीको मायादेवि गाउँपालिका–२ मा एकजना युवक हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् ।
बनेन आयोजना पानी पाउने आशा म-यो
आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना अझै निर्माण हुन सकेको छैन । तीन करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । विसं २०६६ मा रुपन्देहीको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो
तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो
दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।
‘शिक्षकहरु पेशाप्रति जवाफदेही बन्नुपर्छ’
नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले शिक्षकहरु आफ्नो पेशाप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।
आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उहाँ एक्लैले एकै दिनमा सकिसक्नु हुन्छ ।
पाल्पामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ ।
९औं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु
९औं थारू साहित्य राष्ट्रिय सम्मेलन बर्दियाको राजापुर नगरपालिकामा शुक्रबारबाट सुरु भएको छ ।
नेपालगन्जमा मुस्लिम समुदायको जामा मस्जिदको उद्घाटन
बाँके जिल्लाका मुस्लिम समुदायको सबैभन्दा ठुलो धार्मिक केन्द्र नेपालगन्ज–३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहित पुनः निर्माण गरिको जामा मस्जिदको उद्घाटन गरिएको छ।
मिर्गौला पीडितलाई ६ लाख सहयोग
दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत्् सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ ।
फुटपाथ व्यवसायीलाई कारवाही
तम्घास बजारका सडकपेटीमा फुटपाथ गर्ने पाँच अटेरी व्यवसायीलाई कारवाही गरिएको छ । पटक पटक सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारवाही गरिएको रेसुङगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो ।
तम्घासमा बृहत् स्वास्थ्य शिविर हुने
गुल्मीको सदरमुकाम तम्घासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
स्थानीय उत्पादन उपभोक्ताको रोजाइ
दाङको घोराहीमा सञ्चालित छैटाैं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा स्थानीय उत्पादनका सामग्री उपभोक्ताको प्राथमिकतामा पर्ने गरेका छन् ।
बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सुस्त
बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुस्त गतिमा चलिरहेको छ ।
‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले शैक्षिकको सर्वाङ्गीण विकासमा सहयोग पुग्यो : मन्त्री तिमिल्सना
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र शैक्षिकको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
अब पढ्ने होइन त ? ‘रामतुलसी’
कक्षा कोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थी गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ ।
विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।
आजदेखि तम्घासमा पुल्चोक क्रिकेट लिग
गुल्मीको पुल्चोक स्पोट्स क्लबले तम्घास चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पुल्चोक क्रिकेट लिगको चौथो संस्करण’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ । फागुन १९ गतेसम्म सञ्चालन हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजकसहित चार क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
उसिना चामल उत्पादन गर्ने मिल अलपत्र
जापान सरकारको सहयोगमा २०४५ सालमा स्थापना भएको राजापुर आधुनिक चामल कारखानामा रहेको उसिना चामल उत्पादन गर्ने प्लान्ट अलपत्र परेको छ ।
विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
कपिलवस्तु नगरपालिका –३ जमोहरास्थित राधा चन्द्र आधारभूत विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उक्त ट्याङ्की रोयल थाई मोनाष्ट्री लुम्विनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र नेपाल अर्बुद रोग निवारण संस्थाकोे सहयोगमा निर्माण गरिएको हो ।
धारपानी धाम
दाङ, फागुन १६ गते । दाङको घोराही उपमहानगरपालिका ५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो । तस्बिरः रासस
रोकिएन वैदेशिक रोजगारीमा ठगी
घोराही निवासी निर्मला अधिकारीलाई स्पेन पठाइदिने भन्दै दलालले आश्वासन दिए ।
बाह्र सय शय्यामा स्तरोन्नति गरिँदै
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको ११५ वर्ष पूरा भएको छ ।
ट्राफिक व्यवस्थापनमा सुधार
केही समयअघिसम्म सडक पार गर्न हम्मे हम्मे हुनुका साथै बजारमा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको नेपालगन्जको मुख्य बजार सदरलाइनको ट्राफिक व्यवस्थामा सुधार गरिएको छ ।