बजार अनुगमन अब गाउँमा पनि
गुल्मीमा पहिले सहर बजार मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।
थारु पत्रकार संघको अध्यक्षमा सन्तकुमार चयन
थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
राइजिङ्ग स्टारले चुम्यो कोहलपुर गोल्डकप
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि राइजिङ्ग स्टार फुटबल क्लबले जितेको छ ।
मणिमुकुन्दलाई खुमबहादुर खड्का स्मृति भलिबल उपाधि
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।
फोटो खिचेरै मासिक ३० हजार आम्दानी
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशाेक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने वित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरुको एक हुल आइपुग्छ न्यू रोडमा।
यो गठबन्धन निर्वाचनसम्म रहन्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसमा गोरखापत्रकर्मी गिरी सम्मानित
११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिद्वारा गोरखापत्रकर्मी साबित्री गिरी सम्मानित हुनुभएको छ ।
सरकार सबै पेसाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हो ।
नेपाल भारत सिमानामा प्रहरीको संयुक्त गस्ती
बाँके जिल्लास्थित नेपाल भारत सिमानामा शान्ति सुरक्षा बलियो पार्नुका साथै अवैध आयात निर्यात र अपराधिक गतिविधि रोक्न प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेको छ।
बाँकेमा आठ वटा पुलमा बजेट अभाव
चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ ।
दूधको अवैध ओसारपसारले किसान मर्कामा
नेपालगञ्ज, फागुन २४ गते । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसान मर्कामा परेका हुन् । दुग्ध उत्पादक सङ्घका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइँटेलले खुला सीमा क्षेत्रबाट दैनिक एक हजार लिटर दूध अवैधरूपमा आयात भएको जिकिर गर्दै तत्काल यसको अन्त्य गर्न माग गर्नुभयो । “किसानले उत्पादन गरेको दूधबाट व्यापारीलाई भन्दा किसानलाई फाइदा हुनुपर्छ तर भारतबाट आएको अवैध दूधले यहाँको उत्पादनलाई विस्थापन गरेको छ”, उहाँले भन्नुभयो । लुइँटेलले रू ३० देखि ५० सम्ममा भारतबाट भित्रिएको अवैध दूधको मूल्य रहेको जानकारी दिँदै भारतबाट आउने कम गुणस्तरीय दूध सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो । उत्पादनका आधारमा राज्यले सुविधा दिएर किसानलाई प्रेरित गर्न आग्रह गर्दै उहाँले अवैध रूपमा भित्रिएको दूधबाट राज्यले कर पनि नपाएको र किसान पनि मर्कामा परेको गुनासो गर्नुभयो । “कर्मचारीले नदेखेजस्तो गर्ने र प्रहरी पनि थाहा नपाएजस्तो गरेर अवैध दूधको आयात भइरहेको छ”, लुइँटेलले भन्नुभयो । लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले दूधको अवैध ओसारपसार प्रहरी र कर्मचारीबीच समन्वय र सहकार्यमा जोड दिँदै नागरिकका हैसियतले कर्तव्य र दायित्व पूरा गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म विभिन्न अभ्यास भएको तर त्यो पर्याप्त नभएकाले त्यसलाई नयाँ ढङ्गले छलफल गरेर न्यूनीकरण गर्न प्रयास गरिने बताउनुभयो । दुग्ध व्यवसायी पूर्णप्रसाद अधिकारीले भन्नुभयो, “दूधको व्यवस्थापन गर्न राज्यले नसक्ने हो भने पशुपालन पनि बन्द गरौँ ।” बाख्रापालक व्यवसायी प्रेमराज सुवेदीले पशुपालनको महत्त्व राज्यले बुझ्न नसकेको आरोप लगाउँदै पशुपालनबाट माटोको संरक्षण भइरहेको बताउनुभयो । “अखाद्य र रासायनिकतत्वले माटाको उर्वराशक्ति कमजोर भएको छ तर पशुपालनबाट त्ससको संरक्षण हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो ।
बिरानो बने पातका सुसेली..
कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
सबैभन्दा ठुलो चक्ला वन बाँकेमा
देशकै सबैभन्दा ठुलो चक्ला वन बाँकेमा रहेको छ । डिभिजन वन कार्यालय बाँकेका अनुसार जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ र ८ मा पर्ने शमशेरगन्ज–माधेवास चक्ला वन देशकै सबैभन्दा ठुलो
मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन घाइते
तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा
गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु गरिएको छ ।
बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम
बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
‘दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनुपर्छ’
बाँकेको नेपालगन्जमा शुक्रबार बिहान दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहत् ट्राफिक सचेतना र्यालीको आयोजना गरिएको छ ।
स्रोत नखुलेको २८ लाख ९० हजार रकमसहित चार जना पक्राउ
इलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगङ्गा नगरपालिकाबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपियाँ बरामद गरेको छ ।
चोरीमा संलग्न चार जना पक्राउ
दाङमा प्रहरीले सुनका गरगहना चोरीसँगै बिक्रीवितरणमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
तीन दिन भयो, निभाउनै मुस्किल
तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले १६८ हेक्टर वन क्षेत्र सखाप बनाएको छ ।
मोतीविन्दुको शल्यक्रिया
तिलगङ्गा आँखा अस्पताल काठमाडौँका चिकित्सकको टोलीले बाँकेको कोहलपुरमा ४४२ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
अवैध उत्खनन र ओसारपसार
गत केही समययता बाँके जिल्लामा नदीजन्य पदार्थको अवैध दोहन र ओसारपसार बढेको पाइएको छ ।
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
लुम्बिनी, फागुन २३ गते । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट [भेप] को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो । उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिनुभयो ।मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूलाई राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड [ख], [छ], [झ] बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रू ६२ लाख ७१ हजार छ सय ७६ बिगो कायम गरी सोही ऐनको दफा २३ [१] बमोजिम मालबस्तु [बिगो] जफत हुन तथा बिगोबमोजिमको जनही रू ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ ९१० [क] बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिइ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूकोसमेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएकाले राजस्व चुहावट [अनुसन्धान तथा नियन्त्रण] ऐन, २०५२ को दफा २३ को उपदफा [३] बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रू ३१ लख ३५ हजार आठ सय ३८ मागदाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो । विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ ।