• २५ फागुन २०८१, आइतबार

राइजिङ्ग स्टारले चुम्यो कोहलपुर गोल्डकप

blog

उपाधि विजेता राइजिङ्ग स्टारका खेलाडी । तस्बिर : गोरखापत्र

गजेन्द्र गुरुङ

खजुरा, फागुन २४ गते । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि राइजिङ्ग स्टार फुटबल क्लबले जितेको छ । 

बाँकेको कोहलपुरमा शनिबार सम्पन्न फाइनल खेलमा राइजिङ्ग स्टारले आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबलाई २–० गोलले हरायो । राइजिङ्ग स्टारको जितमा कप्तान विनोद केवटले गर्नुभयो । उहाँ प्लेयर अफ दि म्याच बन्नुभयो । 

उपाधिसँगै राइजिङ्ग स्टारले आठ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता रेसिङ्ग साहाराले चार लाख रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार स्वरुपा रेसिङ्ग साहारा क्लबका विनोद केसीले ५१ हजार रुपियाँ पाउनुभयो । 

राइजिङ्ग स्टारका चेतन थारु उत्कृष्ट डिफेन्डर, राइजिङ्गकै प्रतिक सुनारले उत्कृष्ट गोलरक्षक र राइजिङ्ग स्टारकै सन्दीप केसी उत्कृष्ट प्रशिक्षक हुनुभयो । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पाउनुभयो । 

यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार राइजिङ्ग स्टारका विनोद केवट र काँक्रेविहार सुर्खेतका धनसिंह विकले पाउनुभयो । दुवैलाई पाँच पाँच हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । विजेतालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभयो ।