‘आर्थिक विकास केन्द्रित हुनुपर्छ’
राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटनीतिक क्षेत्रलाई उहाँले आग्रहसमेत गर्नुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले परराष्ट्र नीति देशको आन्तरिक नीति पनि भएकाले देशलाई स्वावलम्बी बनाउन प्रभावकारी परराष्ट्र नीतिसँगै सक्षम कूटनीतिक अभ्यास गरिनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिमा व्यापक छलफल गरेर साझा र एकीकृत सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो।
संस्थागत निकायको समन्वय नहुँदा भद्रगोल
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक सुधारमा देखिएको समस्याको पहिचान गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको बिहीबारको नियमित बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो।
राष्ट्रपति निर्वाचन: निर्णायक संवादमा प्रमुख दल
सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन्।
सहमति नटुट्नेमा ओली विश्वस्त
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव नगर्ने बताउनुभएको छ। पूर्वसहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्न आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेकाले प्रधानमन्त्रीले अरू कसैलाई समर्थन नगर्ने दाबी गर्नुभयो।
तीन दलको बैठक निष्कर्षबिहीन
राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताबीचको छलफल सकिएको छ।
सडक सुधारको प्रगति र प्राथमिकताबारे समीक्षा
काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकाय सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ।
सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधीनताको रक्षा हुन्छ : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके देशको स्वाधीनताको रक्षा हुने बताउनुभएको छ।
देशको राजनीतिलाई ठीक दिशामा लाने विकल्पमा जानुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान राजनीति ठीक दिशामा लानुपर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति जसपालाई दिन माओवादी सकारात्मक : अध्यक्ष यादव
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहीबार अपराह्नदेखि सुरु भएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो।
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताउनुभएको छ ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।
प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रनसिङ परियार मनोनीत हुनुभएको छ ।
मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन माग
राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ ।
एमालेको उम्मेदवार राष्ट्रपति नभए सरकारमा बस्दैनौँ : सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभएमा सत्ता गठबन्धनबाट बाहिरिने बताउनुभएको छ । पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरुबीच भएको सहमतिअनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपने उहाँको भनाइ छ ।
सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : अध्यक्ष ओली
काठमाडौँ, फागुन ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताउनुभएको छ । एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उहाँले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताउनुभयो ।अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ । “विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ”, अध्यक्ष ओलीले भन्नुभएको छ । वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उहाँले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गर्नुभयो । अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताउनुभयो ।उहाँले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको पनि सो निर्देशनमा उल्लेख गर्नुभएको छ । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि अध्यक्ष ओलीको भनाइ छ । रासस
‘जनयुद्ध दिवस’ मनाएकोमा एमाले अध्यक्ष ओलीकाे असन्तुष्टि
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
माओवादी केन्द्रको गोरखा इञ्चार्जमा तमु
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
पूर्वराजाको वक्तव्यप्रति संसद्मा आपत्ति
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको वक्तव्यको प्रतिनिधि सभा बैठकमा आलोचना भएको छ। शाहले संविधान र वर्तमान व्यवस्थाप्रति अपमान गर्दै बहालवाला राजाकै हैसियतमा वक्तव्य जारी गरेको भन्दै आपत्ति जनाइएको हो। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका सांसदहरूले वक्तव्यको आलोचना गर्दा सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बचाउ गरेको छ।
नियमावलीको मस्यौदा प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामा पेस गरिएको छ । नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले बुधबार प्रतिनिधि सभामा पेस गर्नुभएको हो । नियमावली तर्जुमाका लागि माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो । १५ दिनको समय पाएको समितिको म्याद एक साता थप गरिएको थियो ।
‘पर्यापर्यटनलाई प्राथमिकता’
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरूको पहिचान गरी व्यवस्थित रूपबाट संरक्षण र प्रवद्र्धन गरी पर्यापर्यटनको माध्यमबाट स्थानीय जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभएको छ। पर्वतको जलजला गाउँपालिका–२ पूर्णस्थित वराह तालमा निर्माण गरिएको आदिवराह कुलमन्दिरको बुधबार उद्घाटनपछि उहाँले प्रशस्त सम्भावना भएका ऐतिहासिक धार्मिक मठमन्दिर र सांस्कृतिक महìवका स्थललाई पहिचान गरी प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो।
सहमतिको खाका आज आउन सक्ने
राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ ।
‘पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति उम्मेदवार बनाइनु हुन्न’
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।