मन्त्रिपरिषद् बैठकका ३० निर्णय : दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति (सूचीसहित)
सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै, ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।
दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौँः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताउनुभएको हो ।
साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन : ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अहिलेको सरकारले जनतामा आशा जगायो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्व र अन्य दलको सहयोगमा बनेको सरकारले नेपाली जनतामा आशा जगाएको बताउनुभयो ।
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।
सगरमाथा संवाद : स्थानीय जलवायु समस्या, अन्तर्राष्ट्रियकरण गर्ने अवसर
जलवायु परिवर्तनको असरबाट प्रभावित मुलुकमध्ये नेपाल पनि एक हो । नेपालले सगरमाथा संवादमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने कूटनीतिक प्रयासको थालनी गर्दै यही जेठ २ देखि ४ गतेसम्म गते काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्दैछ ।
‘निर्माणाधीन संसद भवन समयमै सम्पन्न गर्ने कुरालाई ठेकेदारले हल्कामा लिए’
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताउनुभएको छ ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
प्रतिनिधिसभा बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गर्नुभएको छ ।
स्पष्ट ढुवानीमैत्री नीति आवश्यकः सांसद नेम्वाङ
नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छः सांसद गैरे
नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘गभर्नरमा ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।
पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।
प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलमा विवाद
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नुहुने छ ।
चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा
चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौँ आई पुग्नु भएको छ ।
टिआरसीसम्बन्धी आयोगले पायो पूर्णता
सरकारले सङ्व्रmमणकालीन न्याय (टिआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यलाई पूर्णता दिएको छ ।
कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताउनुभएको छ।
जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर देखिएन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भिर नदेखिएको बताउनुभएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड
कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो।
भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ ।