विद्युत खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु
काठमाडौँ-विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई देशबिच सरकारी तहमा ६ र निजी क्षेत्रसँग दुई वटा गरी आठ वटा सम्झौता र समझदारी भएको हो ।
रासस र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदानका लागि सम्झौता
राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सी (क्युएनए)बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
संसद् प्रभावकारी बनाउन सकिएन : प्रमुख सचेतक यादव
वि.सं.२०७९ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म संसद्का तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी बनाउन सकिएको छैन ।
कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश
सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो ।
कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गर्नुभएको छ ।
नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, भोलि विश्वासको मत
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच मन्त्रालयको भागबण्डामा सहमति जुटेपछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि : पूर्वप्रधानमन्त्री खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबिच आज भेटवार्ता हुँदै
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता हुँदैछ ।
कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते बिहीबार सांसदबाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि मङ्गलवार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलले पत्र दर्ता गराई सक्नुभएको छ ।
स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखा पर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
बृहत् साझेदारीको मार्ग प्रशस्त, नेपाल–कतार उच्चस्तरीय भेटवार्ता
कतार सरकारले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै बृहत् साझेदारीको मार्ग प्रशस्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्तामा साझेदारीका पक्षहरूबारे छलफल भएको हो । त्यस सम्बन्धमा केही सम्झौता र समझदारी बुधबार हुँदै छन् ।
रोनाल्डोका सन्तान कतार जाने
रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ । कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा
जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा गरेको म्यान्माको सीमाक्षेत्रमा रहेको महत्वपूर्ण शहर म्यावाडीमा सेना पुनः फर्किएको सैनिक स्रोतहरूले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् ।
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ ।
मानव सेवामा सबैले सहकार्य गरौँ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ।
सदन चल्नका लागि संसदीय समिति बन्नुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिनुभएको छ। सुशासन सिकाउने पार्टी सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन डराउनु नहुने उहाँको भनाइ छ।
राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
पोखरालाई पर्यटन राजधानी घोषणा गर्न हतार गरियो : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणा गर्न हतार गरिएको बताउनुभएको छ। पोखरा लेकसाइडमा सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको मंगलबार उद्घाटन गर्दै उहाँले सो भनाइ राख्नुभएको हो।
कतारमा पानी निर्यातको अवसर
नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताउनुभएको छ ।