• २४ वैशाख २०८१, सोमबार

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिनुहुने

blog

नवीन सुवेदी 

सुर्खेत, वैशाख १२ गते  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते बिहीबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि मङ्गलवार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलले पत्र दर्ता गराइसक्नुभएको छ । 

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिनुभएको छ । यस्तै मङ्गलवार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको छ  । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।  भागबन्डा टुङ्गिएकाले बुधवारसम्म मन्त्रीमण्डल विस्तार हुने सम्भावना छ ।