‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’
पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
१६ औँ योजनामा पूर्वाधार र सूचना प्रविधि विस्तार प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।
१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः स्वास्थ्यमन्त्री
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
कम्युनिष्ट आन्दोलनका पर्याय मनमोहन : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाइ गलत छ : अशोक राई
जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताउनुभएको छ ।
मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस
आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ । प्रथम जन निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत रहनुभएका उहाँको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमहरू गर्दै छन् ।
देशमा निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको बताउनुभएको छ । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको गरिबी निवारणका लागि अब निर्णायक शक्ति आवश्यक भएको बताउनुभयो ।
काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ।
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।
सांसद गुरुङको निलम्बन फुकुवा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ ।
बागमतीमा हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गर्नुभएको हो।
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ हुने दिन यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
लुम्बिनीमा मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रीहरूले जिम्मेवारी पाउनुभएको हो ।
ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
त्रिविका कानुनी सल्लाहकारलाई कारबाही नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार नारायणप्रसाद खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
उपनिर्वाचन : बुधबार रातिदेखि मत माग्न नपाइने
निर्वाचन आयोगले वैशाख १५ गते शनिबार सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको जनाएको छ।
नेपाल–कतार द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबिच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
कति उपलब्धिमूलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ ।
कर्णालीको मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बन्नुभएको हो।
‘सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनुभएको छ ।
इलाम उपनिर्वाचन : अन्तिम प्रचार-प्रसारमा दल र उम्मेदवार
वैशाख १५ को उपनिर्वाचन आउन अब तीन दिनमात्र बाँकी छ। निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारको बुधबार प्रचार-प्रसारको अन्तिम दिन हो। राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ।
विद्युत खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु
काठमाडौँ-विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई देशबिच सरकारी तहमा ६ र निजी क्षेत्रसँग दुई वटा गरी आठ वटा सम्झौता र समझदारी भएको हो ।