• २४ वैशाख २०८१, सोमबार

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : उपप्रधानमन्त्री लामिछाने

blog

इलाम पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।

काठमाडौं, वैशाख १२ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याउनुभयो। बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभयो। 

उहाँले आफूहरु सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताउनुभयो। उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाउनुभयो। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो।

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताउनुभयो।