• २२ वैशाख २०८१, शनिबार

सदन चल्नका लागि संसदीय समिति बन्नुपर्छ : डा. कोइराला

blog

चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला।

इलाम, वैशाख ११ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिनुभएको छ। सुशासन सिकाउने पार्टी सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन डराउनु नहुने उहाँको भनाइ छ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न सक्दैन। सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन कोही पनि डराउनु हुँदैन। यो पटक काँग्रेसले जिते इलाम–२ को विकासको जिम्मा म लिन्छु।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताउनुभयो।

कांग्रेस सधैँ पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उहाँले कांग्रेसबाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने  भ्रममा नपर्न अनुरोध गर्नुभयो। उहाँले पहिचान चाहनेहरूले कांग्रेस उम्मेदवारलाई मत दिनुपर्ने उल्लेख गर्नुभयो।

सम्बोधनको क्रममा उहाँले अन्य दल आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिँडेको उल्लेख गर्नुभयो।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकका लागि समान ज्याला र श्रमिकको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।