यूएनएचसिआर नयाँ प्रतिनिधि मोनिकद्वारा पदभार ग्रहण
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय यूएनएचसिआरको नेपालका लागि नयाँ प्रतिनिधिका रूपमा मोनिक सोखानले पदभार ग्रहण गर्नुभएको छ।
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक दुई लाख रुपियाँ प्रदान गरेको हो ।
विश्व समुदायले नेपालको प्रशंसा गरिरहेको छ : परराष्ट्रमन्त्री डा. राणा
डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय समुदायमा वर्तमान सरकारको छवि सुधार तथा नेपालको अन्तर्राष्ट्रिय र छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने अभियानमा हुनुहुन्छ ।
विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ ।
खाना, नाना र छानाभन्दा ठुलो मानवीयता हुँदैन : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताउनुभएको छ ।
गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन
संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेस गर्न ६ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
‘एमालेलाई प्रचण्डले लाञ्छना लगाउन सुहाउँदैन’
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेविरुद्ध लाञ्छना लगाउन नसुहाउने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयको सय दिन : द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो
वर्तमान सरकार गठन भएको मङ्गलबार एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ ।
राम्रो गर्ने कोसिस हुन्छ, नराम्रो हुन दिन्न : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा राम्रो कामको लागि प्रयास गर्ने, नसकिएमा नराम्रो हुन नदिने बताउनुभएको छ ।
माओवादीले कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने
नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।
‘नयाँ सरकार आएसँगै राजनीतिक स्थायित्व भयो’
प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमतिसहितको राजनीतिक सहकार्य भएपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो ।
मोरङ प्रहरीमा हलचल : प्रहरी निरीक्षकसहित चारजनामाथि अनुसन्धान सुरू
मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय ( हेडक्वाटर) तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानविन र अनुसन्धान अगाडि बढाएको छ ।
नेपाल संवत् ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आर्थिक वृद्धि दर पाँच प्रतिशत नघाउँछौँ
प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राजनीतिक समझदारीका आधारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो ।
समृद्धिको यात्रामा नेतृत्वको हुटहुटी
प्रधानमन्त्री केपी शर्मा ओली र लोकतन्त्रको गहिरो सम्बन्ध छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थिति
वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ । यस अवधिमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका रह्यो ।
प्रतिपक्षी दलसँग मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबिच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
राजनीतिक र अर्थतन्त्रमा समग्र रूपान्तरणको थालनी
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
श्रम मन्त्रालय : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापनसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको जनाएको छ ।
पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।
कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनीत
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।
सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत
सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ ।
भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ ।