• १० कात्तिक २०८१, शनिबार

विश्व समुदायले नेपालको प्रशंसा गरिरहेको छ : परराष्ट्रमन्त्री डा. राणा

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा।

काठमाडौँ, कात्तिक ६ गते । डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय समुदायमा वर्तमान सरकारको छवि सुधार तथा नेपालको अन्तर्राष्ट्रिय र छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने अभियानमा हुनुहुन्छ ।

मन्त्रालय सम्हाले लगत्तै उहाँले भारतको भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभयो। साथै क्यानडामा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी भई उच्चस्तरीय तथा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउँदै देशको विकासमा विदेशी लगानी भित्र्याउने र दुई पक्षीय तथा बहुपक्षीय संलग्नतालाई बढावा दिने पहलमा लाग्नुभएका डा. राणासँग एक सय दिनका उपलब्धिका विषयमा गोरखापत्र अनलाइनका लागि नारद गौतम, मनोजरत्न शाही केशब गुरुङले गर्नुभएको विशेष वार्ताः