• ६ कात्तिक २०८१, मङ्गलबार

सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत

blog

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक ५ गते । सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ को ध्यानाकर्षण बुझाउने क्रममा सहभागी नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषा र मैथिली भाषा, नेपाल टेलिभिजनबाट नेपाल भाषामा हालै समाचार सेवा सञ्चालन भएकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको हो । यही अवधिमा गोरखापत्र दैनिकले रानाथारु र दनुवार भाषामा समाचार सेवा आरम्भ गरेको थियो । रासस